IME Life New

यती एयरकाे हवाई बीमा हिमालयन एभरेष्टसँग,दाबी भुक्तानीकाे जाेखिम बेलायती पूनर्बीमककाे काँधमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यती एयरले आज पोखरामा दुर्घटना भएको एटिआर ७२-५०० विमानको बीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा रहेको छ । दुर्घटना लगत्तै हिमालयनले पुनर्बीमा कम्पनी मार्फत क्षति मूल्याङ्कनका लागि सिङ्गापुरबाट सर्भेयर झिकाएको छ । कम्पनीले भने वेलायती पुनर्बीमक एमएआरएससँग पुनर्बीमा गरेको छ ।

नेपालमा हवाइ क्षेत्रका दक्ष सर्भेयरको अभावले गर्दा बीमा कम्पनीले विदेशबाट सर्भेयर झिकाउदै आएका छन् । तर सर्भेयर एसोसिएसनका अध्यक्ष मोहन पुरुष ढकालका अनुसार नेपालमा पनि हवाइ क्षेत्रको क्षति मूल्याङ्कन गर्न योग्य सर्भेयरको कमि छैन । आवस्यक पर्यो भने सर्भेयरको तर्फबाट सहयोग गर्न सर्भेयर एसोसिएसन तयार रहेको उनले बताए ।

Esewa
Crest

नेपाली बीमा कम्पनीले एकदमै न्युन मात्रै जोखिम बहन गर्ने भएकाले यसको क्षति मूल्याङ्कनका लागि विदेशी पुनर्बीमा कम्पनीहरु मार्फत काम भइरहेको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । हालको प्रचलित व्यवस्था अनुसार बीमा कम्पनीहरुले बीमा कम्पनीको मूल्याङ्कन गरेर जहाज र जहाजमा रहने यात्रुको सिट संख्याका आधारमा यात्रुको छुट्टै बीमा हुन्छ । नेपाली बीमा कम्पनीले सम्पुर्ण जोखिम विदेशी पुनर्बीमा कम्पनीलाई नै हस्तान्तरण गर्ने भएकाले क्षति मूल्याङ्कनका सम्पुर्ण काममा विदेशी पुनर्बीमकले नै हेर्छन् ।

हाल बजार मूल्य अनुसार यस बीमानको मूल्याङ्कन एक अर्ब ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै जहाजमा सवार यात्रुको हकमा २० हजार अमेरिकी डलको बीमा हुने गर्छ । यस हिसावले बीमानमा सवार एउटा यात्रुको मृत्यु भएमा उसको परिवारले लगभग २५ लाख भन्दा माथि पाउछन् । तर   यति एयरले प्रति यात्रु कति बीमा‌ंककाे बीमा गरिएकाे भन्ने बारे आफ्नाे वेबसाइटमा कुनै विवरण खुलाएकाे छैन ।

मन्ट्रियल महासन्धी १९९९ का अनुसार हवाई दुर्घटनामा ज्यान गुमाउने यात्रीकाे परिवारले १ लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने प्रावधान भएपनि नेपालमा सरकारले अझैसम्म याे कार्यान्वयनमा ल्याएकाे छैन । हवाई यातायात सेवा संचालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मार्फत् प्रति यात्रु एक लाख अमेरिकी डलर क्षतिपूर्ती प्रदान गर्ने प्रस्ताव सहितकाे मस्याैदा २०७८ माघमै पर्यटन मन्त्रालयमा पेश गरिए पनि याे कार्यान्वयनमा ल्याइएकाे छैन ।

यात्रुको बीमाङ्क बढाउदा नेपाली बीमा कम्पनीहरुले बीमा शुल्क पनि धेरै भुक्तानी गर्नु पर्छ त्यसैले गर्दा पनि उनिहरुले यस किसिमको अन्तर्राष्ट्रिय प्रोटोकललाई पालना गरेको पाइदैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

3%
happy

खुसी

53%
sad

दु :खी

10%
amazed

अचम्मित

3%
excited

उत्साहित

30%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS