IME Life New

म्युनिख रि र स्विस रि बने विश्वका ठूला पुनर्बीमा कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दिग्गज म्युनिख रि र स्विस रि विश्वका ठूला दुई पुनर्बीमा कम्पनी बन्न सफल भएका छन्। रेटिङ एजेन्सी एएम बेस्टले म्युनिख रि र स्विस रिलाई विश्वका ठूला पुनर्बीमा कम्पनीमा समावेश गरेको हो।

विगतका वर्षमा एएम बेस्टले एउटै सूचीमा शीर्ष ५० विश्वव्यापी पुनर्बीमकलाई स्थान दिएको थियो। तर, अब आईएफआरएस १७ लाई अपनाएपछि एजेन्सीको दृष्टिकोणमा अहिले परिवर्तन आएको छ। त्यसकारण आईएफआरएस १७ अन्तर्गत रिपोर्ट गर्ने कम्पनीहरुलाई कुल पुनर्बीमा आम्दानीका आधारमा १–१५ श्रेणीमा राखिएको छ। जब कि गैरआईएफआरएस १७ अन्तर्गत रिपोर्ट गर्ने कम्पनीहरुलाई कुल पुनर्बीमा प्रिमियम (जीडब्ल्यूपी)का आधारमा १–३५ श्रेणीमा राखिएको छ।

Esewa
Crest

दुवै म्युनिख रि र स्विस रि सबैभन्दा ठूलो विश्वव्यापी पुनर्बीमा कम्पनी बनेका छन्। तर, उनीहरुले यस वर्ष विभिन्न लेखा मापदण्डहरु प्रयोग गरिरहेका छन्। तर, स्विस रिले आईएफआरएस १७ लाई अपनाएपछि यो परिवर्तन हुनेछ।

वर्ष २०२३ मा म्युनिख रिले ३२ अर्ब ९० करोड डलर कुल पुनर्बीमा आम्दानी गरेको छ। यो विश्व पुनर्बीमा कम्पनीमा सबैभन्दा धेरै हो।

यसैगरी कुल पुनर्बीमा प्रिमियमका आधारमा स्विस रि विश्वकै ठूलो पुनर्बीमा कम्पनी बन्न सफल भएको छ। यो कम्पनीले ४० अर्ब ५० डलर कुल पुनर्बीमा प्रिमियम संकलन गरेको छ।

यसैगरी वार्कशेयर हाथवेको कुल पुनर्बीमा आम्दानी २७ अर्ब ४५ करोड डलर गरेको छ भने ह्यानोभर रिको कुल पुनर्बीमा प्रिमियम २६ अर्ब ९९ करोड डलर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS