IME Life New

म्युनिख रि इन्स्योरेन्स कम्पनीको मुनाफा ५५ प्रतिशतले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। कोभिड १९ ले बीमा व्यवसायमा नोक्सान हुँदा पनि जर्मनको पुनर्बीमा कम्पनी म्युनिख रि इन्स्योरेन्सले सन् २०२० मा १.२ अर्ब युरो मुनाफा आर्जन गरेको छ। तर सन् २०१९ को तुलनामा भने कम्पनीको मुनाफा ५५ प्रतिशलते घटेको हो। सन् २०२१ मा म्युनिङको मुनाफा २.७ अर्ब युरो थियो।

कोभिड १९ का कारण कम्पनीमा यस वर्ष ३.४ अर्ब युरोको दाबी परेको छ। सम्पत्ती बीमालेखबाट मात्रै तीन अर्ब युरोको दाबी परेको कम्पनीले जनाएको छ। त्यस्तै स्वास्थ्य पुनर्बीमालेखमा पनि ३७ करोड युरोको दाबी परेको छ।

Esewa
Crest

कम्पनीले सन् २०२० मा २.८ अर्ब युरो नाफा गर्ने लक्ष्य लिएको थियो। तर कोभिड १९ का कारण सफल हुन नसकेको कम्पनीले जनाएको छ। प्राकृतिक विपत्तीका कारण कम्पनीको पुनर्बीमा व्यवसायमा ९० करोड ६० लाख युरोको नोक्सानी देखिएको छ।

सन् २०२० मा कम्पनीको खुद बीमा शुल्क आर्जन ६.७ प्रतिशतले बृद्धि भएको छ। सन् २०१९ मा कम्पनीको खुद बीमा शुल्क आर्जन ५१ अर्ब युरो थियो। कम्पनीले सन् २०२१ मा २.८ अर्ब युरो मुनाफा आर्जन गर्ने लक्ष्य तय गरेको छ। खुद बीमा शुल्क आर्जको लक्ष्य ५५ अर्ब युरोको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS