IME Life New

मोबाइल एप्सबाट बीमालेख बेच्ने भारतीय कम्पनीले आइपीओबाट २० अर्ब उठाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। भारतमा अनलाइन मार्फत् बीमालेख बिक्री गर्दै आएको कम्पनी गो डिजिट जनरल इन्स्योरेन्सले प्राथमिक शेयरमार्फत् थप पूँजी जुटाउनको लागी शेयर निष्काशन गर्न पूँजी बजार नियामक सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) मा प्रारम्भिक प्रस्तावको मस्यौदा दर्ता गरेको छ।

कम्पनीले प्राथमिक निष्काशनबाट भारू १२ अर्ब ५० करोड अर्थात २० अर्ब नेपाली रूपैयाँ बराबरको रकम जुटाउने योजना बनाएको एशियन इन्योरेन्स रिभ्युले उल्लेख गरेको छ । सार्वजनिक निष्काशनमा प्राथमिक शेयरको लागि नयाँ शेयर निष्काशन र विद्यमान शेयरधनीहरूले थप १० करोड ९४ लाख ४५ हजार ५६१ थान थप प्राथमिक शेयरहरूको बिक्री प्रस्ताव (ओएफएस) समावेश छ।

Esewa
Crest

प्रस्ताव बुक बिल्डिङ प्रक्रिया मार्फत बनाइएको छ, जसमा प्रस्तावको कम्तिमा ७५ प्रतिशत शेयर योग्य संस्थागत खरीदकर्ताको लागि छुट्याइएको छ । गैर संस्थागत बोलपत्रकर्ताहरूलाई १५ प्रतिशतभन्दा बढी उपलब्ध छैन।बाँकी १० प्रतिशत शेयर व्यक्तिगत बोलपत्रदातालाई छुट्याइएको छ।

थप रूपमा, कम्पनीले भारू २ अर्ब ५० करोड अर्थात ४ अर्ब नेपाली रूपैयाँ सम्मको प्राथमिक शेयरको प्रि आइपीओ अन्य कुनै पनि विधिको बारेमा मर्चेन्ट बैंकरहरूसँग परामर्श गरिरहेको छ। नयाँ निष्काशनबाट प्राप्त आम्दानी कम्पनीको पूँजी आधार विस्तार गर्न र सोल्भेन्सी स्तर कायम राख्न र सामान्य कर्पोरेट उद्देश्यका लागि प्रयोग गरिनेछ।

गो डिजिट, क्यानाडाको वित्तीय सेवा समूह फेयरफ्याक्स द्वारा प्रवद्धन गरिएको, एक डिजिटल बीमा कम्पनी हो । यसले मोटर बीमा, स्वास्थ्य बीमा, यात्रा बीमा, सम्पत्ति बीमा, समुद्री बीमा, दायित्व बीमा, र अन्य बीमालेख बिक्री गरिरहेको छ । सन् २०१७ मा स्थापना भएको, कम्पनीको कुल बीमाशुल्क आम्दानी ३१ मार्च २०२० मा समाप्त भएको आर्थिक वर्षमा भारु २२ अर्ब ५२ करोडबाट गत मार्च ३१ मा ५२.९ प्रतिशतले वृद्धि भएर भारु ५२ अर्ब ६८ करोड पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS