IME Life New

मुक्तिनाथ कृषि कम्पनीको शेयर बिहीबारबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको शेयर कारोबार भोलि बिहीबारबाट दोस्रो बजारमा आउने भएको छ।

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट दोस्रो बजारमा कारोबारमा आउने गर्छ।

Crest

यो कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक शेयरधनीको ८० प्रतिशत अर्थात ५६ लाख कित्ता र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसहित)को २० प्रतिशत अर्थात १४ लाख कित्ता रहेको छ।

पहिलो कारोबारका लागि यो कम्पनीले नेप्सेबाट प्रतिकित्ता न्यूनतम ७६.८१ रुपैयाँ र अधिकतम २३०.४३ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ। भोलि स्पेसल प्रि–ओपन सेसनमा यदि यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमितसत्रका लागि कारोबारमा आउनेछ।

नेप्सेले यो कम्पनीलाई एमकेसीएल कारोबार संकेत प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS