IME Life New

महाविपत्तीकाे जाेखिमले विश्व पुनर्बीमा बजारलाई कडा चुनाैती दिंदै, नाेक्सानी अझै बढ्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । प्राकृतिक प्रकोपबाट बढ्दो नोक्सानीले विश्वभर सम्पत्ति पुनर्बीमा बजारलाई कडा प्रभाव पारि रहेकाे छ। वैश्विक पुनर्बीमक स्वीस रिले जारी गरेकाे अध्ययन प्रतिवेदनका अनुसार सन् २०२३ मा विश्वभर भएका धेरै घटनाले महाविपत्तीका कारण सम्पत्तीकाे नाेक्सानी हुने जोखिमहरू बढ्दै गएकाे देखाएकाे छ।

स्वीस रि अनुसार महाविपत्तीका कारण प्रति वर्ष १०० अर्ब अमेरिकी डलरभन्दा बढी पुनर्बीमा नाेक्सानी दोहोरिने अपेक्षा गरिएको छ। महाविपत्ती जाेखिम बढ्दै जाँदा विश्व बजारमा प्राकृतिक प्रकोप सम्पत्ति पुनर्बीमाको माग उच्च रहने सम्भावना रहेकाे समेत स्वीस रि ले टिप्पणी गरेकाे छ। चरम मौसमी परिवर्तनहरू, बढ्दाे शहरीकरण, उच्च सम्पत्ति मूल्य र मुद्रास्फीतिका कारण पुनर्बीमा व्यवसायमा एकसाथ जाेखिमहरू थाेपरेकाे छ।

Esewa
Crest

विश्वभर पुनर्बीमककाे पूँजी सुदृढीकरण, लगानी र जाेखिम विविधिकरणका कारण बढ्दाे पुनर्बीमा क्षमता र जाेखिम बहनका लागी बढ्दाे माग बीच सन्तुलन कायम गर्ने अपेक्षा गरिएकाे छ। बढ्दाे अनिश्चितताले गर्दा बीमकहरूले सामान्य जाेखिम खुद धारण गर्ने र बाँकी पुनर्बीमकलाई हस्तान्तरण गर्ने प्रवृत्ती विश्वभर बढ्दै गएकाे छ। यसै कारण यस वर्षको प्रारम्भमा टर्कीमा भूकम्प जस्ता ठूला क्षतिहरूबाट पुन: प्राप्ति गर्न बीमकहरुलाई सहज भएकाे थियाे ।

पुनर्बीमा बजारका लागी डढेलो, बाढी र असिना जस्ता माध्यमिक जोखिमहरू पनि एउटा विषय हुनेछ । त्यस्ता जोखिमहरूको मोडेलिङ चुनौतीपूर्ण रहन्छ र बढ्दो मौसमी बदलावको परिणाम स्वरूप जलवायु परिवर्तनका प्रभावहरू अझ स्पष्ट हुँदै गइरहेका छन्। पुनर्बीमकहरुले स‌ंभावित जाेखिमकाे आ‌ंकलन गर्न अधिक तथ्या‌ंक पारदर्शिता र भविष्यवाणी क्षमताहरूमा लगानी गर्न अति आवश्यक देखिएकाे छ। स्वीस रिले यी एक्सपोजरहरू सावधानीपूर्वक निगरानी गरिरहेको र विकसित जोखिम परिदृश्य व्यवस्थापन गर्न कदम चालेको उल्रलेख गरेकाे छ।

स्विस रिका सम्पत्ति र दुर्घटना पुनर्बीमा प्रमुख जाेखिमांकन अधिकृत जियानफ्रान्को लोटले भन्छन्, “पुनर्बीमा उद्योगका लागि जोखिमहरू बीमायोग्य रहिरहनु महत्त्वपूर्ण छ। त्यसैले स्वीस रिले लामो समयदेखि जलवायू परिवर्तनको बारेमा कुरा गर्दै आएको छ र यस्तो बलियो स्थिति लिएका छौं। यसमा हामी महत्त्वपूर्ण लगानी जारी राख्नेछाैं ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS