IME Life New

मलेसियामा अबको ४ वर्षमा गाडी बीमा व्यापार ७.५%ले बढ्ने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मलेसियामा अबको ४ वर्षमा गाडी बीमा व्यापार साढे ७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ।

ग्लोबल डाटाले यस्तो प्रक्षेपण गरेको हो। ग्लोबल डाटाको अनुमानमा मलेसियाको गाडी बीमाको व्यापार विस्तारको वार्षिक वृृद्धिदर ७.५ प्रतिशत रहन सक्छ। जसअनुसार सन् २०२४ मा वार्षिक २.३ अर्ब डलरको प्रिमियम कलेक्सन बढेर सन् २०२८ मा ३.१ अर्ब डलर पुग्नेछ।

Esewa
Crest

सन् २०२२ देखि मलेसियामा गाडी बीमाको व्यवसाय बढ्न थालेको हो। आर्थिक पुनरुत्थान र जनमैत्री नियामकीय प्रावधानको विकासले मलेसियामा गाडीको व्यापार बढ्दै गएको छ। बढ्दो गाडीको व्यापारले नै सन् २०२३ गाडी बीमाको व्यापार बढेको ग्लोबल डाटाका इन्स्योरेन्स एनालिस्ट श्वेतन्शा चौहानको अनुमान छ। यो बढोत्तरीले सन् २०२४ मा पनि निरन्तरता पाउने प्रक्षेपण उनको छ।

सन् २०२४ मा मलेसियाको जनरल इन्स्योरेन्स क्षेत्रमा गाडी बीमाले ४५ प्रतिशत हिस्सा ओट्ने अनुमान गरिएको छ। जुन अघिल्लो वर्षको तुलनामा ८.८ प्रतिशत बढी रहनेछ।

मलेसियन अटोमोटिभ एसोसिएसन (एमएए)को तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा सन् २०२३ मा मलेसियामा गाडी बिक्री १२.५ प्रतिशतले बढेको छ। सन् २०२३ मा मलेसियामा कुल ७ लाख ९९ हजार ७३१ युनिट गाडी बिक्री भएको एमएएले जनाएको छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS