IME Life New

भारतीय पुनर्बीमक जिआइसी रि ले लण्डनमा सहायक कम्पनी स्थापना गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय सरकारी स्वामित्वको पुनर्बीमक जिआइसी रिले बेलायतमा पूर्ण स्वामित्वको सहायक कम्पनी जिआइसी रि इण्डिया सर्भिस कम्पनी स्थापना गर्ने भएको छ।

पुनर्बीमकको सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले बेलायतको राजधानी लण्डनमा सहायक कम्पनी स्थापनाका लागि सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ।  यो कम्पनी लोयडको सिन्डिकेट जिआइसी१९७४ सञ्चालन गर्ने एक प्रकारको व्यवस्थापन एजेन्सी हुनेछ। अहिले यसको सञ्चालनको जिम्मा तेस्रो पक्षलाइ दिइएको छ।

Esewa
Crest

विदेशी मुद्रा व्यवस्थापन (विदेशी लगानी) निर्देशन अनुसार लगानी गर्नु अघि पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी गठनको लागि भारतीय बीमा नियामक र विकास प्राधिकरणबाट स्वीकृति लिइने जिआइसी रिले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ।

यसको लन्डन र क्वालालम्पुरमा पनि शाखा कार्यालयहरू छन्। अप्रिल २०१८ मा, जिआइसी रिद्वारा पूर्ण रूपमा पूँजीकृत सिन्डिकेट लन्डनको लोयडमा सञ्चालनमा आएको थियो । यो सिन्डिकेट आगामी केही त्रैमासिकपछि ६०:४० (घरेलु: अन्तर्राष्ट्रिय) को अनुपातमा जोखिम पोर्टफोलियो संरचना प्राप्त गर्ने मध्यम-अवधि व्यवस्थापन उद्देश्य प्राप्त गर्न मापन हुने अपेक्षा गरिएको छ।

यसका साथै, जिआइसीको दक्षिण अफ्रिका, रूस, संयुक्त अधिराज्यमा शत प्रतिशत स्वामित्वका सहायक कम्पनी छन् । भुटान, सिंगापुर र भारतमा पनि सहयोगी कम्पनीहरू छन्। विश्वको दशाैं ठूलो पुनर्बीमक जिआइसी रिले १३७ देशहरूमा व्यापार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS