IME Life New

भारतीय निर्जीवन बीमकको बीमाशुल्क आम्दानीमा २१ प्रतिशतको वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय निर्जीवन बीमा उद्योगले अघिल्लो वर्षको तुलनामा जुलाई महिनामा बीमाशुल्क आम्दानीमा २०.८२ प्रतिशतले वृद्धि हासिल गरेका छन् । भारतीय बीमा नियामक र विकास प्राधिकरण IRDAI का अनुसार निर्जीवन बीमा क्षेत्रले जुलाई महिनामा २०१५७‍.५३ करोड भारूबाट बीमाशुल्क आम्दानी बढाएर २३३९२.४६ करोड भारू पुर्याएका छन् ।

वृद्धि दर उच्च भएपनि भारतको कृषि बीमा कम्पनी लिमिटेड र ईसीजीसी लिमिटेड द्वारा बीमाशुल्क आम्दानीमा घाटा देखिएपछि वृद्धिदर घटेको हो । समग्र निर्जीवन बीमा उद्योग भित्र, स्वास्थ्य बीमकले गत जुलाई महिनामा रु २१४६‍‍.४६ करोड भारू बीमाशुल्क आर्जन गरेका छन् । जुन जुलाई २०२१ मा कमाएको रु १,७३७.२३ करोड भारु रहेको बीमा नियामकको तथ्यांक उल्लेख गर्दै एशियाइन्स्योरेन्सरिभ्युको अनलाइन संस्करणले उल्लेख गरेको छ ।

Esewa
Crest

सबैखाले निर्जीवन बीमालेख बिक्री गर्ने निर्जीवन बीमकले जुलाई २०२१ मा १६४६९.२४ करोड भारूको तुलनामा गत जुलाई महिनामा १९६५९.४५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। सरकारी स्वामित्वका चार निर्जीवन बीमकले गत महिना राम्रो बीमाशुल्क वृद्धि गरेका छन् । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड (३१.८८ प्रतिशत), न्यु इन्डिया एस्योरेन्स कम्पनी लिमिटेड (९.२ प्रतिशत), ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड (५२.४४ प्रतिशत) र युनाइटेड इन्डिया बीमा कम्पनी लिमिटेड (२७.८२ प्रतिशत)।

अर्कोतर्फ, निजी क्षेत्रको प्रमुख बजाज एलियान्ज जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड गत महिना रु २,४९५.३६ करोड भारू बीमाशुल्क कमायो । जुलाई २०२१ मा कमाएको रु २,६५९=३६ करोड रहेको IRDAI ले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS