IME Life New

भारतमा हिमताल विष्फोटनले पुर्‍याएको नोक्सानी अर्बाै‌ अमेरिकी डलर बराबर नाघ्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा अक्टुबर महिनाको पहिलो साता भएको विनाशकारी हिमताल विष्फोटनले पुर्‍याएको नोक्सानी अर्बाै‌ अमेरिकी डलर बराबर नाघ्ने अनुमान इन्स्योरेस दलाल फर्म एओएनले गरेको छ। १३ अक्टुबरमा प्रकाशित साप्ताहिक महाविपत्ती प्रतिवेदनमा ,एओएनले भारतीय राज्य सिक्किम र पश्चिम बंगाल ४ अक्टुबरमा हिमताल विष्फोटबाट गम्भिररूपमा प्रभावित भएको उल्लेख गरेको छ।

टिस्टा नदीको बाढीको पानीले उल्लेखनीय पूर्वाधारमा क्षति पुर्याएको छ। १ हजार ८ सयभन्दा बढी भवन र धेरै बाँधहरू ध्वस्त बनायो । करिब १०० जनाले ज्यान गुमाए । हिमताल विष्फोटको कारणबारे अझै यकीन भइसकेको छैन । एशियाइन्सुरेन्सरिभ्युका अनुसार केही विज्ञले बाढी आउनु अघिको भारी वर्षाका कारण हिमताल विष्फोट भएको दाबी गरेका छन् । प्रभावित राज्यहरूमा ३ र ४ अक्टुबरकाे दिनमा १३० मिलिमिटरसम्म भारी वर्षा भएको थियो।

Esewa
Crest

पानीको ठूलो बहाव टिस्टा नदीको किनारमा सरेको छ, जसले भारतीय राज्य सिक्किम र पश्चिम बंगालमा ठूलो बाढीको प्रभाव पारेको छ। चार जिल्लाहरूमा ८७ हजार भन्दा बढी सर्वसाधारण प्रभावित भएका थिए ।

यसैबीच हिमताल विष्फोटको पूर्व चेतावनी दिनसक्ने सूचना प्रणाली नभएकाे भन्दै व्यापक आलोचना भएको छ। जलवायू परिवर्तनले विश्वव्यापीरुपमा हिमनदी पग्लनलाई निरन्तरता दिइरहेको छ। यसका कारण भविष्यमा अझै हिमनदी विष्फोटका घटनाहरु बढ्ने चेतावनी दिइएको छ। नेपाल पनि विश्वव्यापी जलवायू परिवर्तनको असर द्रूतगतीमा बढीरहेकाले यहाँ पनि हिमताल विष्फोटको जोखिम उच्च रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

21%
happy

खुसी

53%
sad

दु :खी

4%
amazed

अचम्मित

11%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS