IME Life New

भारतमा स्वास्थ्य बीमामा क्रान्ति, जुनसुकै दीर्घरोगी र ६५ वर्ष माथिकाले समेत बीमा गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा ६५ वर्षभन्दा माथिको उमेरका नागरिकले पनि स्वास्थ्य बीमा गर्न पाउने भएका छन्। बीमामा सर्वसाधारणको पहुँच सहज बनाउने रणनीतिका साथ बीमा नियामकले व्यक्तिगत स्वास्थ्य बीमालेख खरिदमा ६५ वर्षको उमेर सीमा हटाएको हो।

नयाँ प्रावधानअनुसार बीमकले उमेर समूहमा आधारित स्वास्थ्य बीमा योजनाहरु बिक्री गर्न पाउने भए पनि ६५ वर्षभन्दा माथिको उमेरका सर्वसाधारणलाई पनि स्वास्थ्य बीमालेख बिक्री गर्नुपर्नेछ। माथिल्लो उमेरका नागरिकको उपचारमा हुने खर्चको सहज व्यवस्थापनका लागि भारतीय बीमा नियामकले स्वास्थ्य बीमा सेवा खुला गरेको हो।

Esewa
Crest

यसअघिको निर्देशिकाअनुसार व्यक्तिले ६५ वर्षको उमेरसम्म मात्रै नयाँ बीमालेख खरिद गर्न पाउने व्यवस्था थियो। अप्रिल १ गतेदेखि लागू भएको हालैको संशोधनले उमेर नपुग्दा जोसुकैले पनि नयाँ स्वास्थ्य बीमा खरिद गर्न पाउनेछन्।

हालै प्रकाशित राजपत्र सूचनामा नियामकले भनेको छ, ‘बीमकले सुनिश्चित गर्नेछन् कि उनीहरुले सबै उमेर समूहलाई समेट्ने गरी स्वास्थ्य बीमा योजनाहरु बिक्री गर्नेछन्। बीमकले विशेषगरी ज्येष्ठ नागरिक, विद्यार्थी, बालबालिका, प्रसूति र अपाङता भएका व्यक्तिलाई निर्दिष्ट कुनै अन्य समूहका लागि बीमा योजनाहरु डिजाइन गर्न सक्छन्। साथै, बीमकले पहिले नै पहिचान भइसकेको कुनै पनि प्रकारको रोग भएका व्यक्तिका लागि पनि स्वास्थ्य बीमालेख प्रस्ताव गर्न अनिवार्य गरिएको छ।

नयाँ प्रावधानका कारण अब बीमकले क्यान्सर, मुटु वा मिर्गौला विफलता र एड्सजस्ता गम्भीर चिकित्सा अवस्था भएका व्यक्तिलाई बीमालेख बिक्री गर्न अस्वीकृत गर्न नपाउने भएका छन्। उनीहरुलाई पनि अनिवार्य रुपमा स्वास्थ्य बीमाको सेवा दिनुपर्ने भएको छ।

आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, युनानी, सिद्ध र होमियोप्याथीजस्ता प्रणालीअन्तर्गतका उपचारले कुनै पनि सीमा बिना बीमांक रकमले खामेसम्मको उपचार खर्चको सुविधा पाउनेछन्। नयाँ प्रावधानले ज्येष्ठ नागरिकको गुनासो र दाबीलाई उनीहरुको आवश्यकताअनुसार अनुकूल हुने विशेष व्यवस्थामार्फत सम्बोधन गर्नुपर्ने प्रस्ताव गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS