IME Life New

भारतमा बैंकास्योरेन्सलाई अझै बिस्तार गर्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामक आइआरडिएआईले संस्थागत अभिकर्ताहरुसँग काम गर्न सक्ने बीमा कम्पनीको संख्या बढाउने सहित बीमा कम्पनीहरुको संचालनमा धेरै नयाँ प्रस्तावहरु गरेको छ ।

आइआरडिएआईले बीमामा पहुँच बढाउने उद्देश्यको साथ नौ वटा बीमा कम्पनीहरुसँग संस्थागत अभिकर्ताहरु९बैंक,वित्तीय संस्था० लाई निर्जीवन बीमा, जीवन बीमा, र स्वास्थ्य बीमा सेवाको लागी सम्झौता गर्न अनुमति दिने बारे विचार गरिरहेको बिजनेश स्टाण्डर्ड अनलाइनले उल्लेख गरेको छ । नियामकको यो कदमले बैंकमार्फत् बीमा सेवा प्रदान गर्ने बैंकास्योरेन्स च्यानललाई प्रवद्र्धन गर्नेछ । अहिले संस्थागत अभिकर्ताहरुलाई प्रत्येक शाखामा तीनवटा बीमकको बीमालेख बिक्री गर्न अनुमति दिइएको छ ।

Esewa
Crest

यसबाहेक, नियामकले संस्थागत अभिकर्तालाई बीमांक रकममा कुनै सीमा बिना नै निर्जीवन बीमा योजनाहरु बिक्री गर्न स्वीकृति दिने प्रस्ताव गरेको छ।

आईआरडीएआईले जीवन बीमा, स्वास्थ्य बीमा र निर्जीवन बीमा शाखाहरू प्रत्येकमा छवटा बीमा कम्पनीसँग सम्झौता गर्न बीमा बजारीकरण संस्थाहरुलाई अनुमति दिने बारे पनि विचार गरिरहेको छ। हाल, यस्ता संस्थागत अभिकर्ताले प्रत्येक शाखामा बढीमा दुईवटा बीमा कम्पनीको बीमालेख बिक्री गर्न पाएका छन् ।

बीमालेखको वितरणलाई बिस्तार गर्ने बाहेक नियामकले बीमा कम्पनीहरुको लागी लगानी नियमहरूमा पनि ठूलो परिवर्तन प्रस्ताव गरेको छ। यसले इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट ट्रस्ट, रियल स्टेट इन्भेष्टमेन्ट ट्रस्ट, थप टियर १ बण्डमा ऋण धितोमा लगानी गर्न बीमा कम्पनीहरुको मापदण्ड परिमार्जन गर्नेछ ।

हाल, बीमा कम्पनीहरूले कुनै पनि रेटिङको वा रेटिंग बाहेकको ऋणपत्रहरुमा लगानी गर्न सक्छन्, तर यदि कुनै उपकरणको रेटिङ डबल ए भन्दा कम छ भने, यो अनुमोदित लगानी बाहेक को अंश बन्छ।भने डबल ए भन्दा माथि मूल्याङ्कन गरिएका ऋणपत्रमा गरिएको लगानी स्वीकृत लगानीहरू हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS