IME Life New

भारतमा बीमाको पहुँच बढाउन बीमकको चुक्ता पूँजी घटाउने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय वित्त मन्त्रालयले बीमा ऐनलाई परिमार्जन गर्दै विभिन्न किसिमका बीमा कम्पनीहरुको लागी न्यूनतम चुक्ता पूँजीको सीमा घटाउने तयारी गरिरहेको छ ।

देशमा बीमाको पहुँच बढाउने र बीमा उद्योगको वृद्धिलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकारले यस्तो तयारी गरेको हो । ३१ मार्च २०२० मा समाप्त भएको आर्थिक वर्ष २०२० मा भारतमा बीमामा पहुँच ३।७६ प्रतिशतबाट उक्लिएर आर्थिक वर्ष २०२१ मा ४।२० प्रतिशत पुगेको प्रेस ट्रस्ट अफ इन्डियाले उल्लेख गरेको गरेको छ।

Esewa
Crest

पूँजी सीमालाई घटाउनुको पछाडी लघु बीमा, कृषि बीमा वा क्षेत्रीय व्यवसायमा केन्द्रित रहने विभिन्न प्रकारका बीमकको संख्या थप्ने बाटो खुला गर्नु हो ।

अहिले भारतमा २४ जीवन बीमा र ३१ वटा निर्जीवन बीमा कम्पनी संचालनमा रहेका छन् । जसमा भारतीय कृषि बीमा कम्पनी र भारतको निर्यात क्रेडिट ग्यारेन्टी कर्पोरेशन समेत सहभागी छन्।
भारतीय बीमा नियामकले आगामी पाँच वर्ष भित्रमा बीमाको पहुँचको दोब्बर वृद्धि गर्ने लक्ष्य राखेको छ । यसै लक्ष्यलाई पुरा गर्न नीतिगत सुधार र परिवर्तनहरु एकपछि अर्को गर्दै देखा पर्न थालेको छ । जीवन बीमकहरुलाई बीमाको पहुँच बिस्तारको लागी दबाब दिंदै बीमाशुल्क आर्जनमा आगामी पाँच वर्षभित्र पचास प्रतिशतले वृद्धि गर्ने लक्ष्य निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS