IME Life New

भारतमा बीमाको दाबी भुक्तानी पाउन बीमितलाई निकै सकस, सर्वेक्षणले देखायो यस्तो नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा स्वास्थ्य बीमाको दाबी भुक्तानी पाउन बीमितहरुलाई निकै सकस हुने गरेको तथ्य सार्वजनिक भएको छ।

लोकलसर्कल्स नामक संस्थाले हालै गरेको एउटा सर्वेक्षणले यस्तो देखाएको हो। सर्वेक्षणका क्रममा ४३ प्रतिशत बढी बीमितले विभिन्न कारणले दाबी भुक्तानी पाउन निकै संघर्ष गर्नुपरेको पाइएको थियो।

Esewa
Crest

सर्वेक्षणमा भारत ३०२ जिल्लाका ३९ हजार बीमितलाई सहभागी गराइएको थियो। सर्वेक्षणका सहभागीहरुले दाबी रद्द, आंशिक स्वीकृति र लामो प्रक्रियाजस्ता चुनौतीहरुको सामना गर्नुपरेको गुनासो गरेका थिए।

सर्वेक्षणमा सहभागी बीमितले बीमा नियामक आईआरडीएआईले बीमकहरुलाई आफ्नो वेबसाइटमा दाबी भुक्तानी, दाबी रद्द र बीमा पोलिसी रद्दजस्ता डाटाहरु अनिवार्य रुपमा हरेक महिना अपडेट गर्नुपर्ने नियम बनाउनुपर्ने सुझाव दिए।

‘सर्वेक्षणका क्रममा नियामक निर्देशनविपरीत बीमा कम्पनीहरुले बीमितलाई दाबी भुक्तानी दिने क्रममा झुलाउने गरेको पाइएको छ’, लोकलसर्कल्सको प्रतिवेदनमा उल्लेख छ, ‘बीमा पोलिसी नै दाबी भुक्तानी अस्वीकृत हुने मुख्य कारण रहेको देखिएको छ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS