IME Life New

भारतमा पूनर्बीमा शुल्क महँगिएपछि नियामकको चासो, पूनर्बीमकसँग छलफल शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नयाँदिल्ली।  भारतीय बीमा कम्पनीहरुको नियामक निकाय बीमा नियामक तथा विकास प्राधिकरण ( आइआरडिएआइ) ले बीमाशुल्क वृद्धिबारे पूनर्बीमा कम्पनीहरुसँग छलफल शुरु गरेको छ।

एक वर्ष यता पूनर्बीमा शुल्क महँगिएपछि नियामक निकायले नियन्त्रणको उपाय‌ खोजी गर्ने क्रममा छलफल र अध्ययन शुरु गरेको हो। पूनर्बीमा शुल्कको वृद्धिका पछाडि कोरोना महामारीको कारण मात्र नभएर पूनर्बीमकहरुको आफ्नै दृष्टीकोण हुने नियामक सदस्य श्रीमती टीएल अलामेलुको भनाई छ। पूनर्बीमा शुल्कको वृद्धिका कारण जीवन र निर्जीवन बीमा योजनाहरुमा नयाँ शुल्क निर्धारण गर्न दबाब बढेको छ। सन् २०२०‌यता दुई पटक भारतमा पूनर्बीमा शुल्क वृद्धि भएको छ।‌गत वर्ष २० देखि २५ प्रतिशत महँगो भएको पूनर्बीमा शुल्क यसवर्ष मार्च‌ महिनामा ४-५% ले वृद्धि भइसकेको छ।

Esewa
Crest

जीवन बीमा कम्पनीहरूले म्यादी बीमाको मूल्य नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूले ब्याक-टू-प्याक दर वृद्धि गरेको गुनासो गर्दै आएका छन्। निर्जीवन बीमकहरुले अस्पतालले आफ्नो शुल्क बढाएको र नगदरहित उपचार अस्वीकार गरेकाले मूल्य निर्धारणमा बढी दबाब परेको गुनासो गरेका छन्। अस्पताललाई नियन्त्रण नगरी स्वास्थ्य बीमा शुल्क नियन्त्रण गर्न नसकिने भन्दै बीमा कम्पनीले भारत सरकारसँग स्वास्थ्य नियमावली वा अस्पताललाई नियमन गर्न आग्रह गरेको छ ।

बीमा कम्पनीहरुले आफूले व्यहोर्न नसक्ने जोखिमको भार ठूला बीमा वा पूनर्बीमा कम्पनीमा हस्तान्तरण गर्दै आएका छन्।‌यसरी जोखिम हस्तान्तरण गरेवापत बीमा कम्पनीले पूनर्बीमा कम्पनीलाई तिर्नुपर्ने बीमाशुल्क नै पूनर्बीमा शुल्क हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS