IME Life New

भारतमा नक्कली सवारी बीमालेख जारी गरेर साढे दुई करोड ठगी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा कम्पनी टाटा एआइजीलाई करिब साढे दुई करोड रुपैयाँ चुना लगाएको आरोपमा प्रहरीले १० जना बीमा अभिकर्ता विरुद्ध अनुसन्धान शुरु गरेको छ।

सर्वसाधारणलाई अत्यन्तै सस्तो मूल्यमा गाडीको बीमा गर्ने योजना आएको भन्दै अमित केवट, राजु यादव सहितको १० जना अभिकर्ताको टोलीले ११२९ वटा फर्जी बीमालेख जारी गरेर बीमाशुल्कवापतको रकम ठगेका हुन् ।

Esewa
Crest

बीमितबाट चार पाङ्ग्रे सवारी साधनको बीमाशुल्क लिने तर कम्पनीको वेवसाइटमा मोटरसाइकल बीमाको विवरण प्रविष्टी गरेर
दुईपाङ्ग्रे सवारीसाधनको बीमालेख जारी गर्दै आएका थिए। यसरी जारी गरेको बीमाको बीमालेख नम्बर प्रयोग गरेर बीमितलाई ती अभिकर्ताले चारपाङ्ग्रे सवारीसाधनको नक्कली बीमालेख तयार पारेर दिने गरेको अनुसन्धानको क्रममा खुलेको हिन्दूस्तान टाइम्सले उल्लेख गरेको छ।

बीमितबाट चारपाङ्ग्रे सवारीसाधनको बीमाशुल्क भन्दा थोरै तर मोटरसाइकलको बीमाशुल्कभन्दा बढी शुल्क असुली गरेर बीमा कम्पनीमा मोटरसाइकलको बीमाशुल्क बुझाउने गरेको कम्पनीले प्रहरी दर्ता गराएको जाहेरीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS