IME Life New

भारतको स्वास्थ्य बीमाः अब एउटै पोर्टलमा सबै सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतका स्वास्थ्य बीमा क्षेत्रमा एउटा सुखद् खबर सार्वजनिक भएको छ। राष्ट्रिय स्वास्थ्य प्राधिकरण (एनएचए) र केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले संयुक्त रुपमा एउटा पोर्टल खोल्ने तयारी गरिरहेको छ। जसको सहयोगमा बीमितले एउटै पोर्टलमा दाबीलगायतका धेरै सुविधा पाउनेछन्। एनएचए र केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले एनएचसीएक्स नामक आयुष्मान भारत डिजिटल मिसनअन्तर्गत डिजिटल प्लेटफर्म विकास गरेको हो।

यस पोर्टलमार्फत भुक्तानीकर्ता र प्रदायकबीच जानकारी र कागजातको निर्वाध आदान–प्रदानमार्फत दाबी निपटारा प्रक्रिया सरल र सजिलो हुनेछ। आईआरडीएआईले सबै बीमा कम्पनीलाई यो प्लेटफर्ममा सामेल हुन अपिल गरेको छ। यद्यपि केही कम्पनी पोर्टलमा सामेल भइसकेका छन्।

Esewa
Crest

हाल बिरामी डिस्चार्जको समयमा अस्पतालहरुले म्यानुअल रुपमा दाबी फारम भर्छन् र कागजातहरु स्क्यान गर्छन् र ती कागजातहरु स्वास्थ्य बीमा कम्पनीहरुको पोर्टलमा स्वीकृतिका लागि अपलोड गर्छन्। यसपछि बीमा कम्पनीले यी कागजातहरु प्रमाणित गर्छ र तिनीहरुलाई अस्पताल पठाउँछ। त्यसपछि अस्पतालले डिस्चार्ज प्रक्रिया पूरा गर्छ।

अब एनएचसीएक्स पोर्टलका साथ अधिकांश प्रक्रिया डिजिटल र स्वचालित हुनेछन्। दाबी ढाँचा मानकीकृत हुनेछ र बीमितको डिजिटलाइज विवरणहरु उसको आयुष्मान भारत स्वास्थ्य खाता (एबीएचए) नम्बरमार्फत पहुँच गरिनेछ। एनएचसीएक्स पोर्टलले बीमा कम्पनीसँग साझेदारी गर्नुअघि बीमितको जानकारी प्रमाणित गर्नेछ। त्यसपछि बीमा कम्पनीले यसलाई डिजिटल रुपमा प्रमाणित गर्नेछ र दाबीमा आफ्नो निर्णय लिनेछ, त्यसपछि डिस्चार्ज प्रक्रिया सुरु हुनेछ।

यो पोर्टल आगामी ३ महिनाभित्र सुरु हुने बताइएको छ। यो पोर्टल सञ्चालनमा आएपछि स्वास्थ्य बीमा दाबी भुक्तानी गर्न लाग्ने समय निकै कम हुनेछ। यसबाहेक म्यानुअल त्रुटि पनि धेरै हदसम्म कम हुनेछ र पारदर्शिता बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS