IME Life New

भरतपुर महानगरले दुई हजार प्रतिशतसम्म कर बढायो, हेर्नुस कुन व्यवसायमा कति बढ्यो कर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चितवन। भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि त्यसको सर्वत्र विरोध भएको छ । कर बृद्धि अस्वभाविक रूपले  नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म कर बढाएको हो । महानगरपालिकाले ज्यासल वा आरन राखी काँस, पित्तल तामाको भाडा बनाउनेलार्ई रू ५०० बाट बढाएर रू १० हजार कर पुर्याएको छ । रु एक हजार  वार्षिक तिर्दै आएका मैदा उद्योगलाई रु २० हजार कर तोकिएको छ भने रू एक हजार तिर्ने प्राविधिक तथा व्यावसायिक शिक्षालयलाई रू २० हजार पुर्याएको छ ।

पेट्रोलपम्पले अब रु २५ हजार कर तिर्नुपर्ने भएको छ । यसअघि पेट्रोलपम्पले रू चार हजार कर तिर्दै आएको थियो । पोल्ट्रीको राजधानी मानिने यहाँ रहेका ह्याचरी उद्योगले रू छ हजारबाट रू ३० हजार कर तिर्न बाध्य भएका छन् । पेन्टस् उद्योगले रू चार हजार ५०० बाट रू  ५० हजार, सिमेनमा हलले रू दुई हजारबाट २५ हजार, सिसा पसलले रू एक हजार ५०० बाट रू २० हजार कर तिर्नुपर्ने भएको छ ।

Esewa
Crest

उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष सहनलाल प्रधानले देशका चार महानगरपालिकामा सबैभन्दा बढी कर भरतपुर महानगरपालिकाले लगाएको बताए।उनका अनुसार भरतपुरमा तय गरेको जति कर अन्य कुनै पनि महानगरपालिकामा छैन । प्रधानले भने “कर बढाउनुहोस्, तर अस्वाभाविक नबढाउनुहोस् भनेका छौँ । अन्य महानगरपालिकाको हाराहारीमा कर तिर्नु ठीकै हो तर सबैको भन्दा उत्पातै बढी भयो ।”

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले विगतका वर्षमा कर न्यून मात्रै रहेकाले अहिले धेरै बढेको जस्तो देखिए पनि स्वभाविक रहेको दाबी गरे। महानगरपालिकाका पदाधिकारीले यो महानगरपालिका विशिष्ट महानगरपालिका भएकाले केही कर बढी हुने भन्दै आफ्नो अडान कायमै राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS