IME Life New

बैंकहरुको नाफा बढे पनि प्रतिशेयर आम्दानी बढ्न सकेन, कुन बैंकको प्रतिशेयर आम्दानी कति (सूचिसहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बाणिज्य बैंकहरुको मुनाफामा उल्लेख्य सुधार देखिए पनि बैंकहरुको प्रतिशेयर आम्दानी भने घटेको छ । चालु आर्थिक वर्षमा ४ वटा बाणिज्य बैंकहरुको मुनाफा घटेपनि प्रतिशेयर आम्दानी भने ९ वटाको घटेको छ । चुक्ता पूँजीको अनुपातमा मुनाफा नबढ्दा बैंकहरुको प्रतिशेयर आम्दानी बढ्न नसकेको हो । गएको वर्ष राम्रो बोनश शेयर दिएका बाणिज्य बैंकहरुले यस वर्ष प्रतिशेयर आम्दानी टिकाउन नसकेका हुन् ।

यस वर्ष सबैभन्दा धेरै प्रतिशेयर आम्दानी सरकारकी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको रहेको छ । राष्ट्र बाणिज्य बैंकको सर्वाधिक धेरै ४५ रुपैयाँ छ । त्यस्तै निजी स्तरका बाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै एनआईसी एशियाको रहेको छ । एनआईसी एशियाको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ भए पनि यो गत वर्षको भन्दा तीन रुपैयाँले कम हो । बैंकको चुक्ता पूँजी बढे अनुसार नाफा सुधार नहुँदा प्रतिशेयर आम्दानी घटेको हो ।

Crest

त्यस्तै तेस्रो नम्बरमा रहेको सिद्धार्थ बैंकको प्रतिशेयर आम्दानी यस वर्ष मात्रै १६ रुपैयाँले बढेर ३३ रुपैयाँ कायम भएको छ । यस वर्ष नविल बैंकको पनि प्रतिशेयर आम्दानी ७ रुपैयाँले खुम्चिएर ३२ रुपैयाँ छ । बाणिज्य बैंकहरु मध्ये सबैभन्दा कम बैंक अफ काठमाडौंको १० रुपैयाँ रहेको छ । गत वर्ष सबैभन्दा कम रहेको सिभिल बैंकले सुधार गरेर १३ रुपैयाँ पुर्याएको छ ।

कुन बैंकको कति सूचि यस प्रकार छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS