IME Life New

बैंकलाई ब्रोकर लाइसेन्सका लागि सिफारिस गर्न धितोपत्र बोर्डको नेप्सेलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्चेन्जलाई थप ब्रोकर लाइसेन्स दिने प्रक्रिया तत्काल अगाडी बढाउँन निर्देशन दिएको छ ।
बोर्डले आवश्यक प्रक्रिया पुरा गरेका बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्सको लागि सिफारिस गर्न नेप्सेलाई निर्देशन दिएको हो ।

नेप्सेले पठाएको कार्य्विधिको मस्यौदा धितोपत्र ब्यवसायी नियमावली २०६४ को प्रतिकुल हुने गरी तयार गरिएको देखिएको हुँदा त्यसलाई आधिकारिकता दिन अश्वीकार गर्दै बोर्डले २०७५/०९/१८ मा तोकेको मापदण्ड अनुसार सहायक कम्पनीलाई लाईसेन्स दिन सिफारिस गर्न निर्देशन दिएको छ ।

Esewa
Crest

त्यस्तै नेप्सेले यस अघि तयार पारी अध्ययन प्रतिवेदनका लागि दिएका सुझाव पनि प्रतिकुल हुने भन्दै बोर्डले खारेज गरिदिएको छ ।

प्रतिवेदनमा नेप्सेले बाणिज्य बैंकको सहायक कम्पनीको संख्या तोक्ने, न्युनतम पुँजी तोक्ने, भौतिक संरचना कायम गर्ने, सहायक कम्पनीले मुख्य कम्पनीको शाखा वा काउन्टर प्रयोग गर्न नपाउने लगायतका विषय समावेश थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS