IME Life New

बेलायती प्रसिद्ध बीमा दलाल युआइबि समूहले खोल्यो नेपालमा प्रतिनिधि कार्यालय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलायतको लन्डनस्थित  वैश्विक बीमा दलाल युआइबी समूहले काठमाडाैं आफ्नो प्रतिनिधि कार्यालय सञ्चालनमा ल्याएको छ। कार्यालय सञ्चालनमा आएकोमा समूहले आफ्नो एसियाली विकास रणनीतिमा यो एउटा प्रमुख कोशेढुङ्गा भएको घोषणा गरेको छ।

सिंगापुरको मौद्रिक प्राधिकरण र नेपाल नियामक प्राधिकरण दुबैबाट नियामकीय स्वीकृति प्राप्तिपछि यूआईबीले नेपाली बजारमा आफ्नो प्रतिबद्धतालाई अझ गहिरो बनाउने लक्ष्य राखेको ब्रोकरले बताए।

Esewa
Crest

यो नयाँ कार्यालयले सिंगापुरमा रहेको युआइबी एशिया क्षेत्रीय मुख्यालयमा रिपोर्ट गर्नेछ। जसले एशियाभरि कम्पनीको उपस्थितिलाई थप बलियो बनाउनेछ।

युआइबीले प्रेस विज्ञप्तीमा उल्लेख गरेकोछ, “यस नेपाल कार्यालयको स्थापनाले एसियाको द्रुत वृद्धि हुने र विविध बजारमा मूल्य अभिवृद्धि सेवा र नवीन पुनर्बीमा समाधानहरू प्रदान गर्ने युआइबिको समर्पणलाई प्रकाश पार्छ। बलियो स्थानीय उपस्थितिको साथ, हाम्रो क्षेत्रीय विशेषज्ञता तिनीहरूको अद्वितीय आवश्यकतासँग मिल्दोजुल्दो छ भन्ने सुनिश्चित गर्दै नेपाली ग्राहकसँग थप गतिशील, व्यक्तिगत साझेदारीलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।”

यूआईबी इन्टरनेशनलका प्रमुख कार्यकारी टिम चर्चले भने, “यूआईबीले स्थानीय आवश्यकता र स्थानीय वातावरण बुझ्नुको महत्त्वलाई मान्यता दिन्छ, र यो गर्ने उत्तम तरिका भनेको स्थानीय मानिसहरू हुनु हो। नेपालस्थित कार्यालयको जिम्मेवारी सुशील बज्राचार्यले पाएका छन् ।

युनाइटेड इन्स्योरेन्स ब्रोकर(युआइबी) समूह विश्वकै उत्कृष्ट दश पुनर्बीमा दलालमध्येको हो । सन् १९८७ मा स्थापित यो समूह अन्तर्गत हाल ७५० जनशक्ति कार्यरत छन् । बीमा दाबी फर्छ्याैट व्यवस्थापनका लागि यो समूहसँग आफ्नै जनशक्ति र पूर्वाधार छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS