IME Life New

बुद्ध एयरले भित्र्यायाे एटिआर विमान, साैर्यले पनि थप दुईवटा ल्याउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। निजी वायूसेवा कम्पनी बुद्ध एयरले थप एउटा जहाज भित्र्याएकाे छ।  कम्पनीका अनुसार शुक्रबार एटीआर-७२-५०० सिरिजको एउटा जहाज त्रिभूवन विमानस्थल आइपुगेकाे छ।

क्याप्टेन प्रमोद थापा र गौरव बोहराले ओमानको मस्कटबाट उडान भरेर शुक्रबार नेपाल ल्याएका हुन् । नागरिक उड्ययन प्राधिकरणले जहाजलाई ९ एन-एएनडब्लु स‌ंकेत चिन्ह दिएको छ। बुद्ध एयरले हाल एटीआर-४२ सिरिजका ३ वटा र एटीआर-७२ सिरिजका १२ वटा जहाजमार्फत उडान गर्दै आएको छ।

Esewa
Crest

यसैबीच निजी वायू सेवा कम्पनी  साैर्य एयरलायन्सले तीनवटा एटिआर विमान भित्र्याउने तयारी गरेकाे छ। जेट इन्जिनवाहक जहाज विस्थापित गर्ने रणनीति अन्तर्गत आगामी ६ महिनामा एयरलायन्सले एटिआर ७२ सिरिजकाे दुईवटा विमान भित्र्याउन लागेकाे हाे । छाेटाे दूरीकाे उडान भर्दा जेट विमानले अधिक इन्धन खपत गर्ने र सञ्चालन लागत पनि उच्च भएपछि कुबेर ग्रुपले खर्च कटाैतीका लागी एटिआर विमान भित्र्याउन लागेकाे हाे ।

समूहले नयाँ विमान थप्नका लागी नागरिक उड्ययन प्राधिकरणबाट पूर्व स्वीकृती लिन बाँकी रहेकाे छ। एटिआर विमानबाट साैर्यले पहिलाे चरणमा विराटनगर, भद्रपुर, भैरहवा, पाेखरा र धनगढीमा उडान भर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS