IME Life New

बीमितलाई दिनुपर्ने सेवा नरोक्न स्वास्थ्य संस्थाहरुलाई बीमा बोर्डको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदाक संस्थाहरुलाई बीमितलाई उपलब्ध गराउनुपर्ने स्वास्थ्य सेवा नरोक्न निर्देशन दिएको छ।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सबै सेवा प्रदायक संस्थाका नाममा परिपत्र जारी गर्दै बोर्डले यस्तो निर्देशन दिएको हो। बीमितलाई स्वास्थ्य सेवा उपलब्ध नगराएकोप्रति ध्यानाकर्षण भएको पनि बोर्डले जनाएको छ।

Esewa
Crest

‘बोर्डसँग सम्झौता गरेका स्वास्थ्य संस्थाहरुले बोर्डबाट दाबी भुक्तानी समयमा नै प्राप्त गर्न नसकेको कारण देखाएर स्वास्थ्य सेवा रोकिन सक्ने सम्बन्धमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार एवं सेवा प्रदायक संस्थाले बीमितलाई सेवा उपलब्ध नगराएको पाइएको छ’, परिपत्रमा भनिएको छ।

बीमा बोर्डले एक महिनाभित्रमा सेवा प्रदायक संस्थाहरुले दाबी गरेको रकम शोधभर्ना गर्नका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको पनि परिपत्रमा उल्लेख छ। ‘यसर्थ स्वास्थ्य बीमामा आबद्ध सेवाग्राहीलाई निरन्तर सेवा प्रवाह गर्न सबै सेवा प्रदायक संस्थाहरुलाई अनुरोध छ’, परिपत्रमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS