IME Life New

बीमितबाट संकलित स्वास्थ्य बीमाकाे रकम लिएर कर्मचारी फरार, स्वास्थ्य बीमा बाेर्ड खाेजी गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । स्वास्थ्य बीमा कार्यक्रममा नामाकरणका लागी सर्वसाधारणबाट स‌ंकलित रकम लिएर स्वास्थ्य बीमा बाेर्डमा कार्यरत एकजना स्वास्थ्यकर्मी यूवक फरार भएका छन् । बाेर्डकाे जिल्ला सम्पर्क कार्यालय उदयपुरमा दरबन्दी भएका वरिष्ठ सहायक स्वास्थ्यकर्मी(सिअहेब) माेहम्मद फिराेज अली संकेत नं. १८०१७०) ले बीमितबाट संकलित २१ लाख ८५ हजार रूपैयाँ लिएर फरार भएका हुन् ।

स्वास्थ्य बीमा बाेर्डले संकलित रकम जम्मा गर्नका लागी सार्वजनिक सूचना मार्फत् पटक पटक आग्रह गर्दा समेत उनी सम्पर्कमा आएका छैनन् । अलीले बाेर्डकाे रकम भुक्तानीका लागी आफ्नाे बै‌ंक खाताकाे चेक दिएका थिए । तर खातामा पर्याप्त रकम नभएकाले चेकवापतकाे रकम बाेर्डले भुक्तानी पाउन सकेकाे छैन ।

Esewa
Crest

बाेर्डका अनुसार २०७९ असारसम्ममा दर्ता सहयाेगी मार्फत् प्राप्त नगद लिएर अलीले बाेर्डकाे बै‌ंक खातामा जम्मा गर्नुकाे साटाे व्यक्तिगत खातामा जम्मा गरेर अपचलन गरेका हुन् ।

बाेर्डले साेमबार सार्वजनिक सूचना प्रकाशन गर्दै सात दिनभित्र अपचलन गरेकाे रकम बैंक दाखिला गरेकाे प्रमाण तथा बिना जानकारी अनुपस्थित हुनुकाे कारण सहित स्वयम् उपस्थित भएर लिखित जवाफ पेश गर्न निर्देशन दिएकाे छ। पेश नगरेकाे अवस्थामा नेपाल स्वास्थ्य सेवा एन २०५३ बमाेजिम कारवाही हुने चेतावनी समेत बाेर्डले दिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS