IME Life New

बीमा समितिको अध्यक्षको थप प्रमाण माग्यो अदालतले

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्


बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमा अदालतले थप प्रमाण माग गरेको छ । सोमबार भएको बहसमा अदालतले अध्यक्ष नियुक्त हुँदाको बखत भएका निर्णयहरुको प्रतिलिपी माग गरेको हो ।

समितिको अध्यक्ष नियुक्ती प्रक्रिया अबैधानिक भएको भन्दै अधिवक्ता डिल्ली प्रसाद न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । २०७५ जेठ २२ मा न्यायधीशद्धय आनन्दमोहन भटटराई र दीपक कार्कीको संयुक्त इजलाशले १५ दिन भित्र पेशी चढाई कसैले पनि मुद्धा हटाउन नपाउँने गरी कठोर आदेश दिएको थियो । तर, त्यसपछिका कुनै पनि पेशीमा मुद्धामा बहस हुन सकेन । प्रत्येक पेशीमा उक्त मुद्धाले बहस हुने मौका नै पाएको छैन । सोमबार भएको बहसमा भने अध्यक्ष नियुक्त हुँदाका प्रमाण माग गरिएको छ ।

Crest

बीमा ऐन २०४९ भएको व्यवस्था अनुसार बीमा व्यवसायमा जानकारी भएको व्यक्ति मात्रै बीमा समितिको अध्यक्ष नियुक्त हुन पाउँने भन्ने व्यवस्था गरिएको छ । तर, सरकारले २०७३ पुस १४ गते तत्कालिन राष्ट्र बैंकका पोखरा क्षेत्रिय कार्यलयका निर्देशक चापागाईलाई अध्यक्ष नियुक्त गरेको थियो । बीमा ऐनमा बीमा सम्बन्धी जानकारी भएको व्यक्ति अध्यक्ष हुनुपर्ने व्यवस्था भए पनि बीमा बिषयको जानकारी नभएका चापागाईलाई सरकारले छनौट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS