IME Life New

बीमा समितिका अध्यक्ष सिलवालको प्रश्न, बैंकले बीमा कम्पनीमा किन लगानी गर्ने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले बीमा कम्पनीहरुमा ठुलो ठुलो रकम लगानी गर्न थाले पछि बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले यसलाई थप नियमन गर्नु पर्ने बताउछन् । बैंक तथा वित्तीय संस्थाहरु बेग्लै उद्देश्यले स्थापना भएको संस्था भएकाले उनिहरुले बीमा कम्पनीमा अर्बौ रुपैयाँ लगानी गरेर लगानी योग्य रकम खुम्च्याएको सिलवालको विश्लेषण छ ।

उनले भने ‘बैंकहरुले तरलता बढ्ने, घट्ने विषयलाई ध्यानपुर्वक हेर्ने हो । अहिले सम्पुर्ण बैंकहरुको सम्पुर्ण बीमा कम्पनीमा लगानी रहेको छ । यसले अर्बौ रुपैयाँ ब्लक भएर बसेको छ । यदि उनिहरुले उक्त रकम कर्जा परिचालनमा प्रयोग गर्ने हो भने त्यसले राम्रो प्रतिफल दिन सक्छ ।’

Esewa
Crest

तर नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकालका अनुसार भने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको सिमाभित्र रहेर लगानी गर्न पाउछन् । बैंक वित्तीय संस्थाले निक्षेप तथा कर्जा लगानीमा मात्रै केन्द्रित नभइ लगानी पनि गर्न पाउने भएकाले यसमा केहि पनि फरक नपर्ने ढकालको तर्क छ ।

अन्तर्राष्ट्रिय अभ्यास अनुसार पनि बैंक वित्तीय संस्थाको आम्दानीको स्रोत व्याज आम्दानी मात्रै नभइ विभिन्न क्षेत्रमा लगानी गरेर प्रतिफल  लिन पाउछन् । भारतकै कतिपय बैंकहरुको आम्दानीको स्रोत व्याज आम्दानी मात्रै नभएर बस्तु तथा विनिमय क्षेत्रमा लगानी गरेर प्रतिफल लिइरहेका हुन्छन् । उनिहरुले विभिन्न सेवा प्रवाह गरेर कमिसन प्राप्त गरिरहेका हुन्छन् भने सरकारी ऋणपत्र, शेयरमा लगानी गरेर प्रतिफल प्राप्त गरिरहेका हुन्छन् ।

नेपाली बैंकहरुले पनि शेयर, ऋणपत्र, म्युचुअल फण्डल लगायतका क्षेत्रमा लगानी गरेर आम्दानी गरिरहेका हुन्छन् । कतिपय बैंकहरुले एलसी, विभिन्न किसिमका बैंक ग्यारेन्टी बसेर शुल्क लिइरहेका छन् ।  बीमा समिति आफैमा स्वायत्त नियामक निकाय भएकाले बीमा कम्पनीहरुमा क-कसले लगानी गर्न पाउने नपाउने भनेर निर्देशन जारी गर्न सक्छ ।

यदि बीमा समितिलाई बैंकहरुले बीमा क्षेत्रमा लगानी गर्न हुदैन भन्ने लाग्यो भनेर लगानीमा रोक लगाउन सक्ने ढकालको तर्क छ । लगानी गर्न नपाउने व्यवस्था गर्दै गर्दा अहिले भैरहेको लगानीलाई निश्चित अवधिभित्र डाइभर्स गर्न पाउने समय पनि दिइनु पर्छ ।

बैंकहरुले दोस्रो बजारबाट शेयर खरिद गरेर चलखेल गरिरहेको छ भन्ने लाग्यो भने राष्ट्र बैंकले नियन्त्रण गर्न सक्छ तर संस्थापक शेयर त्यसमा पनि आधार मूल्यमै लगानी गर्न पाउछ भने त्यसलाई रोक्नुको अर्थ नहुने राष्ट्र बैंकको धारणा छ । बैंक वित्तीय संस्थाले त्यो क्षेत्रलाई नै लिडिङ गर्ने भन्दा पनि लगानी गर्दा प्रतिफल पाउने हिसावले मात्रै अनुमति दिएको ढकालले जानकारी दिए ।

नयाँ सञ्चालन अनुमति पाएको हिमालयन रिइन्स्योरेन्स कम्पनीमा राष्ट्रिय बाणिज्य बैंकको ५० करोड रुपैयाँ र नेपाल बैंकको ५० करोड रुपैयाँ लगानी रहेको छ । पछिल्लो समय बैंकहरुको अग्रसरतामा नयाँ नयाँ बीमा कम्पनीमा लगानी गर्ने भन्दै पहल हुन थाले पछि अध्यक्ष आक्रोसित भएका हुन् ।

कतिपय लगानीकर्ता तथा व्यवसायीहरुले नयाँ लाइसेन्स पाउनका लागि बैंकहरुलाई फ्रन्टलाइनमा राखेर लविङ गरिरहेका छन् । नेपालको सन्दर्भमा बैंकिङ क्षेत्र लगानीको सबैभन्दा ठुलो स्रोतको रुपमा हेरिन्छ । र उनिहरुलाई अगाडि सारियो भने नियामक निकाय तथा सरकार पनि कन्भिन्स हुने उनिहरु बताउछन् ।

बीमा क्षेत्रमा ठुलो निक्षेप रहेको हुन्छ । यसले गर्दा कतिपय बैंक वित्तीय संस्था तथा व्यवसायिक समुहहरुले बीमामा लगानी बढाउने निक्षेप तान्ने अभ्यास पनि चलिरहेको छ । एउटै समुहको बैंक वित्तीय संस्था र बीमा कम्पनी रहेको हुन्छ । त्यहि समुहले बीमाको पैसा बैंकमा र बैंकको पैसा बीमा कम्पनीको शेयरमा लगानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS