IME Life New

बीमा र वित्तीय क्षेत्रको सम्बन्ध कस्तो हुनु पर्छ-नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ।  नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले बीमा र वित्तीय क्षेत्रको सम्बन्ध एक आपसमा घनिष्ट हुनुपर्ने बताउनुभएको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको ५१ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वित्तीय क्षेत्र एकअर्काका परिपूरक भएकाले सम्बन्धलाई सुमधुर बनाउनुपर्ने बताउनुभयो ।

प्रतिष्पर्धी बन्दै गएको बीमा योजनालाई समय सुहाउँदो बनाउनुपर्ने उल्लेख गर्दै गर्भनर नेपालले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून रहेकाले बीमाको पहुँच विस्तारमा जोड दिनुभयोे ।गभर्नर नेपालले वित्तीय क्षेत्रमा विभिन्न किसिमका जोखिम हुने भन्दै बीमाका योजनाहरुलाई समय सुहाउँदो बनाउँदै बीमकहरुसामु आफुलाई उतार्नुपर्ने आवश्यकता औंल्याए ।

Esewa
Crest

सो अवसरमा अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले जोखिम व्यवस्थापन, वित्तीय पहुँच वृद्घि तथा सुरक्षित बचतका लागि बीमा व्यवसायकोे माध्यमद्वारा संस्थानलाई आन्तरिक स्रोत परिचालन र विदेशी विनियम बर्हिगमन रोक्न खेलेको भूमिका महत्वपूर्णरहेको बताउनुभयो ।

नेपालको बीमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा संस्थानको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले समयानुकूल प्रविधिको विकास, सङ्गठन पुनःसंरचना एवं सेवा प्रवाहमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले सरकारी संस्थानका हैसियतले जीवन बीमालाई समावेशी तुल्याई दुर्गम ग्रामीण क्षेत्रसम्म पनि विस्तार गर्नुपर्ने जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतिष्पर्धी बन्दै कर्मचारीको दक्षता बृधि गर्न, सूचना प्रविधिको समूचित प्रयोग गर्दै लेखा प्रणाली अद्यावधिक गराई पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो ।

 

संस्थानका अध्यक्ष डा खोमराज खरेलले पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रुपमा स्थान बनाउन सफल भएको बताउनुभयो ।

संस्थानका अध्यक्ष डा खोमराज खरेलले दीर्घकालीन परियोजनामा लगानी गर्ने प्रयासस्वरूप मुलुकको वर्तमान अवस्थामा देखिएको बिकराल ऊर्जा आवश्यकता पूरा गर्न माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भई रु २१ करोड १८ लाख शेयर पूँजी र रु दुई अरब ऋण लगानी गर्ने प्रतिबद्धताअनुरुप रु एक अर्ब ८० करोड प्रवाह भइसकेको उहाँले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS