IME Life New

बीमा प्राधिकरणकाे कृपाकाे भरमा चल्दैछ हिमालयन रिइन्स्याेरेन्सकाे व्यापार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । निजी क्षेत्रबाट प्रवर्द्धित पुनर्बीमक हिमालयन रिइन्स्याेरेन्स (HRL) काे शत प्रतिशत व्यवसाय स्वदेशी बीमा कम्पनीमाथि नै निर्भर रहेकाे छ। सीमित अनुभव, पूँजी र जाेखिम बहन क्षमताका कारण विदेशी बजारमा विश्वसनीयता कायम हुन नसकेपछि हिमालयन रि इन्स्याेरेन्सले नियामकीय सहुलियतबाट प्राप्त व्यापारका भरमा काराेबार गर्नु परेकाे छ।

चालू आर्थिक वर्षकाे चैत्र मसान्तसम्मकाे पुनर्बीमा काराेबारकाे कुल बीमाशुल्क आम्दानीमध्ये ९९ प्रतिशत स्वदेशी बीमा कम्पनीबाट नै हिमालयन रिले प्राप्त गरेकाे क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रेस विज्ञप्तीमा उल्लेख गरेकाे छ। इक्राका अनुसार आगामी केही वर्षसम्म याे निर्भरता कायमै रहने छ।

Esewa
Crest

नियामकीय प्रावधानकाे आडमा व्यापार गरिरहेकाे निजी क्षेत्रकाे याे पुनर्बीमककाे लागी नियामकीय प्रावधानमा कुनै परिवर्तन आएकाे अवस्थामा व्यापार धरामा पर्न सक्ने जाेखिम समेत इक्रा नेपालले औंल्याएकाे छ। साथै बाध्यकारी पुनर्बीमा सम्झाैतामार्फत् ग्रहण गरिएकाे जाेखिमहरुकाे अनिवार्य पुनर्बीमा गर्नुपर्ने बाध्यताले भविष्यमा एक साथ दाबी आइपरेकाे अवस्थामा दाबी भुक्तानी गर्न ढिलाई हुने जाेखिम समेत रहेकाे छ।

नियामकीय प्रावधानमा परिवर्तनका कारण चालू आव २०७९।८० काे पहिलाे नाै महिनामा कुल बीमाशुल्क आम्दानीकाे ५८ प्रतिशत हिस्सा बाध्यकारी पुनर्बीमा हिस्सा(डाइरेक्ट सेसन) बाट प्राप्त भएकाे छ। नियमनमा भएको कुनै पनि परिवर्तनले HRL को व्यापार वृद्धिसँगै वित्तीय स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्नेछ।

बीमा क्षेत्र नियामक नेपाल पुनर्बीमा कम्पनीले २०७८ चैत्रमा जारी गरेकाे परिपत्रमा नेपाली बीमा कम्पनीले आफ्नो बीमाशुल्क (र जोखिम) को १०% सिधै घरेलु पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्नुपर्ने र दुई घरेलु पुनर्बीमकहरु प्रत्येकलाई पुनर्बीमा सन्धिमा न्यूनतम १५% हिस्सा सुनिश्चित गर्नुपर्ने प्रावधान जारी गरेकाे थियाे । यस्ताे प्रावधानले हिमालयन रि लाई व्यापार बढाउन र सरकारी स्वामित्वकाे पुनर्बीमक नेपाल पुनर्बीमा कम्पनीसँग प्रतिस्पर्धा गर्न निक्कै सहज बनाएकाे इक्रा नेपालले उल्लेख गरेकाे छ। यसबाहेक बीमा प्राधिकरणले घरेलु बीमकहरुलाई आफ्ना सबै मोटर, कृषि, लघु र विविध (यात्रा र चिकित्सा बाहेक) जोखिमको पुनर्बीमा घरेलु पुनर्बीमकसँगै गर्न समेत निर्देशन दिएकाे छ। याे प्रावधान बाहेक घरेलु पुनर्बीमकले स्वदेशी बीमा कम्पनीहरुकाे सबै फ्याल्टेटिभ पुनर्बीमामा समेत प्राथमिकता पाउने प्रावधान समेत छ।

हिमालयन रिइन्स्याेरेन्सले जोखिम र महाविपत्ती पुनर्बीमाकाे प्रत्याभूती जर्मनीस्थित विश्वव्यापी पुनर्बीमक हनाेभर रिइन्स्याेरेन्सबाट लिएकाे छ।

यसैबीच रेटिङ एजेन्सी इक्रा नेपालले पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्याेरेन्स (HRL) काे क्रेडिट रेटिङ पुन पुष्टी गरेकाे छ। शेयर जारीकर्ता कम्पनीकाे रुपमा हिमालयन रिले पाएकाे इक्राएनपि आइआर ए माइनस रेटिङलाई पुन पुष्टी गरेकाे हाे ।

याे रेटिङले वित्तीय दायीत्वहरु समयमै पुरा गर्ने सन्दर्भमा पर्याप्त सुरक्षाकाे स‌ंकेत गर्दछ। यस्तो शेयर जारीकर्ता कम्पनीले तुलनात्मकरूपमा ऋण डुब्ने जाेखिम कम रहेकाे हुन्छ।मूल्याङ्कन चिन्हमा जोडिएको + (प्लस) वा – (माइनस) को चिन्हले संस्थाको सापेक्षलाई जनाउँछ ।

हिमालयन रिइन्स्याेरेन्सले पनि प्रिमियम मूल्यमा शेयर निष्काशन गर्ने तयारी गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

13%
sad

दु :खी

13%
amazed

अचम्मित

13%
excited

उत्साहित

38%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS