IME Life New

बीमा दाबी गर्न आफ्नै कारमा आगो लगाउन उक्साउने शिक्षिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। गुरु भनेको आफ्नो शिष्यलाई सदमार्गमा लाग्न प्रेरित गर्ने आदरणीय व्यक्ति हुन्। असल गुरुले जहिले शिष्यलाई सही शिक्षा दीक्षा प्रदान गर्ने र बाटो बिराएका सही बाटो देखाउने काम गर्छन्। तर पैसाको लोभमा फसेपछि कुनै गुरुले कतिसम्म अनुचित कार्य गर्न सक्छ भन्ने अमेरिकामा केही वर्ष अघि भएको कार बीमाको धोकाधडीको घटनाले प्रष्ट्याउँछ।

माध्यमीक विद्यालयकी शिक्षिकाले आफ्नो पुरानो कारको बीमा दाबी गर्न आफैंले पढाएका विद्यार्थीलाई कार चोर्न र आगो लगाउन सिकाएकी थिइन्। अमेरिकाको टेक्सास राज्यको एक विद्यालयकी शिक्षिका ३२ वर्षिया त्रमेशा लशोन फक्सले आफूले कार खरिद गर्न लिएको कर्जाको किस्ता तीन महिनादेखि तिर्न सकेकी थिइनन् । उनले शेभरोलेट कार खरिदद गर्न करिब २०‌ हजार अमेरिकी डलर ऋण लिएकी थिइन्। र तीन पटकसम्म मासिक किस्ता तिर्न नसकेपछि बैंकले नै कार कब्जामा लिने तयारी गरेको थियो ।

Esewa
Crest

कार खोसिने र कर्जा रकम तिर्नुपर्ने भएपछि उनी निकै तनावमा परिन् । र आफूले पढाउने विद्यार्थीलाई कारको कर्जा चुक्ता गर्न नपर्ने गरी फर्जी बीमा दाबी गर्नको लागि प्रयोग गर्ने योजना बुनिन् । यस योजनासँगै उनले आफ्नो कक्षामा लगातार अनुतीर्ण दुई विद्यार्थी रोजर लुना, १८, र डार्विन एरियास, १७, लाई कार चोरेर आगो लगाउन सफल भएमा रसायनशास्त्र विषयको परिक्षामा पास गराइदिने प्रलोभन दिइन् ।

ती दुई विद्यार्थीले शिक्षिका फक्सले कारमा आगो लगाउन सिकाउँदै गर्दा उनको योजना ठट्टा हो भन्ने सोचेका थिए, तर फक्सले उनीहरूलाई पछ्याउन जारी राखिन् र आफ्नो योजनामा सहमति जनाउन बाध्य पारिन् । फक्सको योजना अनुसार ती दुई विद्यार्थीले विद्यालयको अन्तिम दिन सन् २००५ को मे २७ मा ती विद्यार्थीले पहिले नै ताल्चा खोलिएको शेभरोलेट ब्राण्डको कार मालिबुलाई सपिङ मलबाट झिकेर जङ्गल क्षेत्रमा पुर्‍याए र आगो लगादिए ।

एल्डाइन सिनियर हाई स्कूलकी शिक्षिका फक्सले कारमा आगलागीको घटना सफल भएपछि सेमेस्टर उतीर्ण गराउन एरियासलाई ९० अंक र लुनालाई ८० अंक प्रदान गरेको ह्यारिस काउन्टीको फायर मार्शल कार्यालयका वरिष्ठ अग्नी अन्वेषक डस्टिन ड्युचले अनुसन्धानमा खुलाएका छन्।

शिक्षिका फक्सले २००५ को टोयोटा कोरोला खरिद गरिसकेपछि त्यो दिन चोरीको घटनाबारे बीमा कम्पनीलाई जानकारी गराएकी थिइन्। तर आगलागीको घटनाबारे अनुसन्धानमा खटिएका अधिकारीहरुले चोरी र आगलागीको घटना नियोजित भएको निष्कर्ष निकाल्दै अदालतसमक्ष शिक्षिका फक्सविरुद्ध कानूनी सजायको सिफारिश गरे।

फर्जी बीमा दाबीको अभियोगमा ती महिलालाई अदालतले १० हजार अमेरिकी डलर जरिवाना र ९० दिन कैद सजाय सुनाएको थियो ‌।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS