IME Life New
GBIME

बीमालेख समर्पण : बीमक र बीमित दुबै पक्षलाई हार हारको अवस्था

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमामा क्षेत्रमा बीमालेख समर्पण दरले बीमितको सन्तुष्टी तथा बीमा कम्पनीको जोखिमाङ्कन क्षमता दुबैलाई इंकित गर्दछ तसर्थ यो निकै महत्वपुर्ण सूचक हो । जीवन बीमामा समर्पण भन्नाले एक पटक जीवन बीमा गरेर बीमाशुल्क भुक्तानी गरिसकेपछि बीमितले करार रद्द गरेर आफ्नो पैसा फिर्ता मागेको अवस्था हो । सबै जीवन बीमा कम्पनीले नियमनकारी निकायले तोकेको विधि अनुसार बीमालेखको समर्पण मुल्य गणना गर्नु पर्ने हुन्छ । सामान्यतया बीमालेखको समर्पण मूल्य बीमितले भुक्तानी गरेको बीमाशुल्कको तुलनामा निकै कम हुने हुनाले बीमालेख समर्पण हुदाँ बीमितलाई नोक्सानी हुन्छ । त्यसैगरी बीमालेख समर्पण हुदाँ कम्पनीको तरलता लगायतका कुराहरुमा नकारात्मक प्रभाव पर्दछ । त्यसैले बीमालेख समर्पण एक किसिमले हार हारको अवस्था हो ।

बीमालेख जारी भएपछि समर्पण हुदाँ सम्बन्धित बीमितलाई देहाय बमोजिम असरहरु पर्दछ ।  

Crest
  • वित्तिय नोक्सानी हुन्छ ।

कारण जे सुकै होस् बीमितले बीमालेख समर्पण गर्दा सामान्यता भुक्तानी गरेको बीमाशुल्क भन्दा निकै कम समर्पण मुल्य प्राप्त गर्दछ । जसले गर्दा बीमितलाई वित्तिय नोक्सानी हुन्छ । जसलाई तलको तालिकाबाट अझ स्पष्ट पार्न सकिन्छ । तालिकामा गणना बीमालेख अवधिः २० वर्ष, बीमाशुल्कः ५०,०००। वार्षिक,  बीमाङ्क रकमः १० लाख तथा बोनस दर ५० प्रति हजार मानेर गरिएको छ ।

तालिका नं. १

बीमालेख समर्पण हुदा प्राप्त समर्पण मुल्यको विवरण

Year BeginningPolicy PeriodSum AssuredPremium PaidBonus rateSurrender Value (SV)SV compares with paid premium
12010000005000050
2201000000500005049975.5949.98%
3201000000500005088275.1358.85%
42010000005000050130979.265.49%
52010000005000050178478.871.39%
6201000000500005023119677.07%
72010000005000050289586.482.74%
82010000005000050354141.288.54%
92010000005000050425390.394.53%
102010000005000050503905.1100.78%
112010000005000050590301.3107.33%
122010000005000050685242.4114.21%
132010000005000050789443121.45%
142010000005000050903673129.10%
1520100000050000501028761137.17%
1620100000050000501165599145.70%
1720100000050000501315148154.72%
1820100000050000501478439164.27%
1920100000050000501656585174.38%
2020100000050000501850781185.08%

माथिको तालिका अनुसार दोश्रो वर्षको सुरुवातमा समर्पण गरेका बीमितले भुक्तानी गरेको करिब ५० प्रतिशत रकम मात्र बीमितले फिर्ता पाउछ भने त्यस पछिका वर्षहरुमा समर्पण रकम बढ्दै गई बीमा अवधिको करिब आधा यानी दशौ बर्षको सुरुवातमा समर्पण गर्ने व्यक्तिले करिब भुक्तानी गरेको रकम बराबर समर्पण मुल्य पाउछ । त्यसै गरी यो रकम बढ्दै गएर बिसौ वर्षको सुरुवातमा समर्पण गर्ने व्यक्तिले भुक्तानी गरेको रकमको १८५.०८ प्रतिशत रकम समर्पण मुल्य प्राप्त गर्दछ । यसरी बीमितले भुक्तानी गरेको रकम बराबर पनि प्राप्त नहुदाँ बीमितले आफु ठगिएको महसुस गर्दछ ।

) बीमा गर्नुको उद्देश्य पुरा हुदैन ।  

जीवन बीमा गर्नु मुख्य दुई उद्देश्य हुन्छन् , पहिलो जोखिमको बहन दोश्रो  प्रतिफल । बीमालेख समर्पण हुदा अपेक्षा गरेको भन्दा कम रकम प्राप्त हुने हुनाले प्रतिफलको उद्देश्य पुरा हुदैन । त्यसैगरी समर्पण भएपछि बीमा कम्पनीले जोखिम बहन गर्दैन । यसरी बीमालेख समर्पण भएपछि बीमितले जीवन बीमा गर्नुको उद्देश्य नै पुरा हुदैन ।

बीमालेख जारी भएपछि समर्पण हुदाँ बीमा कम्पनीलाई देहाय बमोजिम असरहरु पर्दछ ।  

  • वित्तिय नोक्सानी हुन्छ ।

सामान्यतया बीमालेख समर्पण गर्दा बीमितले भुक्तानी गरेको भन्दा पनि निकै कम रकम प्राप्त हुने हुनाले बीमा कम्पनीलाई फाईदा हुन्छ भन्ने लाग्न सक्छ तर बीमालेख जारी गरेको सुरुवाती वर्षहरुमा बीमालेख समर्पण हुदा बीमितलाई जस्तै बीमा कम्पनीहरुलाई पनि वित्तिय नोक्सानी नै हुन्छ । किनकी सुरुवाती वर्षहरुमा बीमालेख जारी गर्दा खर्च वढी भएको हुन्छ जस्तैः अभिकर्ता कमिशन र ईन्सेन्टिभ, बजारिकरण खर्च, मेडिकल खर्च लगायत प्रथम बीमाशुल्कको पचास प्रतिशत भन्दा बढी रकम खर्च हुन्छ । त्यसैगरी बीमालेख जारी भएपछि पुनर्बीमा खर्च पनि हुन्छ । त्यसैकारण बीमालेख जारी भएको सुरुवाती वर्षहरुमा बीमालेख समर्पण हुदा बीमा कम्पनीहरुलाई नोक्सानी हुन्छ ।

) नकारात्मक बजारिकरण हुन्छ ।

आफुले भुक्तानी गरेको रकम पनि फिर्ता नहुदाको अवस्थामा बीमितले बैकमा राखेको भए व्याज समेत आउथ्यो भनि तुलना गर्छ र आफु ठगिएको महसुस गर्दछ । यसरी ठगिएको महसुस गरेको बीमितले बजारमा बीमा कम्पनीका बारेमा नकारात्मक बजारिकरण गर्दछ ।

) नगद प्रवाह तथा तरलतामा समस्या हुन्छ ।

जीवन बीमा दिर्घकालिन करार हो । बीमालेख जारी भएपछि बीमा कम्पनीले दिर्घकालिन नगद प्रवाहको अनुमान गरेर लगानी गरेको हुन्छ । बीमाशुल्क प्राप्त गर्नु पर्ने  बीमालेखहरु भटाभट समर्पण हुदाँ बीमा कम्पनीलाई नगद प्रवाह मिलाउन गाह्रो पर्छ । जसले गर्दा बीमा कम्पनीले भुक्तानी गर्नु पर्ने रकम भुक्तानी गर्न नसकी तरलतामा समस्या पर्न सक्छ ।

नेपाली बीमा बजारको अवस्था

नेपाली जीवन बीमा बजारमा अभिकर्ताले सम्भावित बीमितलाई बीमाको बारेमा दिनु पर्ने जति जानकारी उपलब्ध नगराई बीमा गराउने गरेको तथा बीमा कम्पनीहरुले पनि उचित वित्तिय जोखिमाङ्कन नगर्दा  बीमालेखहरु समर्पण हुने गरेको आरोप लाग्ने गरेको छ । तथ्यको कुरा गर्ने हो भने जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आम्दानीमा बीमालेखको समर्पण भएको बीमाको अनुपात देहाय बमोजिम रहेको छ । (चालु रहेका बीमालेखको सङ्ख्या, बीमालेखको समर्पण मुल्य,  जीवन बीमा कोषमा भएको रकम लगाएतका कुराहरु पुराना कम्पनी र नयाँ कम्पनीहरु  विच फरक हुने भएकाले विश्लेषणको उचित निष्कर्ष निकाल्नको निम्ति सन्चालनमा रहेका बीमा कम्पनीहरुलाई दुई भागमा विभाजन गर्न गरिएको छ, वि. सं. २०७४ पछि स्थापना भएका नयाँ बीमा कम्पनी र त्यस भन्दा पहिले स्थापना भएका पुराना बीमा कम्पनीहरु ।)

तथ्याङ्क

S.No.Insurer2077.782076.77
Gross PremiumSurrenderPercentGross PremiumSurrenderPercent
1Citizen Life      3,556,708,601           8,870,0690.25%        1,857,970,532           9,000,8900.48%
2Nepal Life    32,367,058,650   3,855,342,35911.91%      27,658,825,170   1,631,757,1455.90%
3Prime Life      4,067,637,301       130,134,3803.20%        3,310,750,714         70,153,8892.12%
4Met Life      4,885,103,417       359,611,3997.36%        4,184,587,920      220,448,5375.27%
5Union Life      6,854,759,084         66,247,7280.97%        4,678,589,722           4,324,3510.09%
6Surya Life      4,328,369,789       157,946,6413.65%        2,962,074,732         73,134,9642.47%
7IME Life      2,897,477,125         13,700,0340.47%        1,401,870,385         10,818,1580.77%
8Jyoti Life      3,072,548,998         40,763,9821.33%        1,827,008,403               944,1930.05%
9Reliable Life      3,072,372,506         14,442,6250.47%        1,621,908,632           1,519,4220.09%
10LIC Nepal तथ्याङ्क उपलब्ध नभएको       14,951,384,953   1,222,586,9998.18%
11Asian Life      5,919,712,399       568,077,3309.77%        4,590,793,625      188,305,0584.10%
12Relaince Life      2,591,756,209         14,800,8890.59%        1,403,974,981           2,218,6810.16%
13Sanima Life      1,960,550,903           8,233,2430.43%            834,703,394           1,735,1350.21%
14Sun Nepal Life तथ्याङ्क उपलब्ध नभएको         1,093,832,558           2,410,4380.22%
15Prabhu Life        1,200,714,719                          –  0.00%
16Mahalxmi Life            868,624,964                          –  0.00%
17Gurans Life        2,215,308,066         78,530,8323.54%
18National Life    12,524,624,133       604,099,3204.91%        9,267,483,642      486,933,0435.25%
 Total    12,524,624,133        604,099,320        85,930,407,112    4,004,821,735
Average  3.48%  2.16%

श्रोतः वार्षिक प्रतिवेदन

माथिको तालिका अनुसार आ. व. २०७६।७७ मा कुल बीमाशुल्क आम्दानीको करिब ० देखि ८।१८ प्रतिशत रकम बराबर बीमालेखको समर्पण भएको देखिन्छ । औषतमा कुल बीमाशुल्कको २।१६ प्रतिशत रकम बीमालेखको समर्पण भएको देखिन्छ । आर्जित खुद बीमा शुल्को सबैभन्दा वढी ८।१८  प्रतिशत रकम Life Insurance Corporation (Nepal) Limited मा बीमालेखको समर्पण भएको देखिन्छ भने नयाँ बीमा कम्पनीहरुमा खुद बीमा शुल्कको १ प्रतिशत रकम भन्दा कम बीमालेखको समर्पण भएको देखिन्छ । सबै पुराना बीमा कम्पनीहरुमा खुद बीमाशुल्क आम्दानीको बीमालेख समर्पण औषत २।१६ प्रतिशत भन्दा वढी रहेको देखिन्छ ।

त्यसैगरी नेपाली जीवन बीमा बजारमा आ व २०७७।७८ मा कुल बीमाशुल्क आम्दानीको करिब ० देखि १२ प्रतिशत रकम बराबर बीमालेखको समर्पण भएको देखिन्छ । त्यसैगरी औषतमा कुल बीमाशुल्कको ३।४८ प्रतिशत रकम बीमालेखको समर्पण भएको देखिन्छ । आर्जित खुद बीमा शुल्को सबैभन्दा वढी करिब १२ प्रतिशत रकम Nepal Life Insurance Company Limited  मा बीमालेखको समर्पण भएको देखिन्छ । Jyoti Life Insurance Company Limited बाहेक सबै नयाँ बीमा कम्पनीहरुमा कुल बीमाशुल्क आम्दानीको बीमालेख समर्पण १ प्रतिशत भन्दा कम रहेको छ भने  Prime Life Insurance Company Limited बाहेक सबै पुराना बीमा कम्पनीहरुमा खुद बीमाशुल्क आम्दानीको बीमालेख समर्पण औषत ३।४८ प्रतिशत भन्दा वढी रहेको छ । नेपाली जीवन बीमा बजारको तथ्याङ्कको विश्लेषण गर्दा बीमालेख समर्पण नयाँ कम्पनीहरु भन्दा पनि पुराना कम्पनीमा चुनौतीको रुपमा रहेको देखिन्छ ।

अन्त्यमा,  बीमित तथा बीमक दुबैको हितमा नभएको बीमालेखको समर्पण हार हारको अवस्था हो । त्यसैले समर्पण दर सम्वेदनशिल स्तरमा रहेका केही कम्पनीहरुले सुधारको लागि रणनीति नै बनाएर लाग्नु पर्ने देखिन्छ भने बीमा गर्न चाहने व्यक्तिले पनि आफ्नो आवश्यकता तथा क्षमताको उचित विश्लेकषण गरेर मात्र आफ्नो आवश्यकता अनुकुलको बीमालेख चयन गर्नु पर्दछ ।

(थापा नेपाल पुनर्बीमा कम्पनीको मुख्य प्रबन्धकको रुपमा कार्यरत छिन । यस लेखमा व्यक्त विचार उनको व्यक्तिगत विचार भएको हुँदा कुनै संस्थाको प्रतिनिधित्व गर्दैन।)

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

22%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

44%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS