IME Life New

बीमामा पहुँच वृद्धिको लक्ष्य हासिल गर्न भारतमा जीवन बीमकको लागी लक्ष्य तोकियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। भारतमा आउँदो पाँच वर्षमा बीमाका पहुँच दोब्बर पुर्‍याउने लक्ष्य लिएको भारतीय बीमा नियामक आइरआडिएआइलेले पहिलो पटक सबै जीवन बीमा कम्पनीहरूका लागि पाँच वर्षको अवधिमा बीमाशुल्क आम्दानी वृद्धि लक्ष्य प्रस्ताव गरेको छ।

नियामकले प्रत्येक जीवन बीमकलाई एउटा राज्य पनि जिम्मा दिएको छ, जहाँ यसले बीमाको पहुँच बढाउने प्रयासको नेतृत्व गर्नुपर्छ।

Esewa
Crest

जीवन बीमा कम्पनीहरूमा गरिएको इ९मेल संचारमा, बीमा नियामकले प्रत्येक बीमकको कुल लिखित बीमाशुल्क आम्दानी ९जिडब्लुपि० वृद्धि लक्ष्यको सुझाव दिएको हो।

आईआरडीएआईले प्रस्ताविक लक्ष्य पूरा गर्न बीमकलाई आवश्यक पर्ने कुनै पनि नियामक सहयोगबारे छलफल गर्न प्रस्ताव गरेको छ।

आईआरडीएआईले जिडब्लुपिमा ३० प्रतिशत चक्रवृद्धि वार्षिक वृद्धि दरको लक्ष्य प्रस्ताव गरेको छ । यसमा नयाँ व्ययवसायको बीमाशुल्क र नवीकरण बीमाशुल्क दुबै समावेश गरी, शीर्ष जीवन बीमकको लागि पाँच वर्षमा तिनीहरूको ठूलो आधारको कारण ४० प्रतिशत वृद्धि दर प्रस्ताव गरेको छ । साथै साना कम्पनीहरूको लागि पचास प्रतिशत वृद्धिदर कायम गरेको छ।

आईआरडीएआईका अनुसार कूल राष्ट्रिय आयमा योगदानको आधारमा भारतमा जीवन बीमाको पहुँच ३।२५ प्रतिशत छ भने समग्र बीमाको पहुँच ४।२० प्रतिशत रहेको छ ।

कम्पनीहरूले तोकिएके लक्ष्य हासिल गर्न सकेनन् भने यसको असर के हुन्छ भन्ने स्पष्ट छैन। यो पञ्चवर्षीय योजना हो र नियामकले हरेक दुई महिनामा हाम्रो प्रगति देखाउन आग्रह गरेको छ।
तर नियामकले प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिकको कुन भागलाई त्यस्ता लक्ष्यहरूसँग जोडिनेछ भन्ने विषयमा पनि प्रष्ट हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS