IME Life New

बीमकले गर्न/गराउन नहुने यी ८ काम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख २४ । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७५ जारी गरेको छ । आइतवारदेखि लागु हुने जारी गरिएको निर्देशिकामा बीमकहरुले गर्न नहुने कुराहरु उल्लेख गरेको छ ।

बीमकले गर्न वा गराउन नहुने कार्य देहाय बमोजिम छन् ।

Esewa
Crest

१. बीमा समितिको पूर्व स्वीकृति विना बीमा व्यवसायको लागि बाहेक अन्य उदेश्यले कुनै सम्पत्ति खरिद वा विक्री गर्न,
२. जीवन बीमालेखको सरक्षणमा बीमितलाई कर्जा दिन बाहे कुनै किसिमको कर्जा दिन, तर कर्मचारी सेवा शर्त विनियमावली भए बमोजिम बीमकले आफ्नो कर्मचारीलाई सापटी र जविन बीमा व्यवसाय गर्ने बीमकले आफ्नो बहालवाला बीमा अभिकर्तालाई समितिले समय–समयमा तोके बमोजिम कर्जा दिन व्यवस्थाले बाधा पुर्याएको मानिने छैन,
३. बीमा समितिले स्वीकृत गरेको ढाँचामा बाहेक अन्य कुनै ढाँचामा बीमालेख जारी गर्न,
४. इजाजत प्राप्त बीमा व्यवसायमा बाहेक अन्य कुनै पनि प्रकारको बीमालेख जारी गर्न,
५. अन्य बीमक ाव बीमा दलालको शेयर वा धितोपत्रमा लगानी गर्न, तर बीमा समितिको पूर्व स्वीकृत लिई एक किसिमको बीमा व्यवासय गर्ने बीमकले अर्को किसिमको बीमा व्यवसाय गर्ने बीमकको धितोपत्र खरिद गर्न यस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।
६. आफ्नो संस्थापक शेयरधनी, संचालक समितिको कुनै सदस्य संचालक भएको वा त्यस्तो सदस्य वा निजको एकाघरको परिवारको सदस्यको वित्तिय स्वार्थ रहेको कुनै पनि कम्पनी, व्यक्ति, फर्म वा संगठित कुनै पनि किसिमको लगानी गर्न,
७. बीमा व्यवसायमा कुनै किसिमको एकाधिकार कायम गर्न वा अन्य कुनै किसिमले बीमा व्ववसाय नियन्त्रित गर्ने प्रकृतिको काम कारबाही गर्न,
८. बीमा क्षेत्रको प्रतिस्पर्धात्मक वातावरणमा कृत्रिम अवरोध वा नियन्त्रित अभ्यास खडा हुने कुनै कार्य गर्न वा गराउन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS