IME Life New

बिमा अभिकर्ता बन्न योग्यता चाहिने, जागिर खान चाहिने तर ‘मोटिभेशनल ट्रेनर’ बन्न केहि नचाहिने..?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: बिमा अभिकर्तालाई समय-समयमा पुनर्ताजगीकारणको लागि विभिन्न तरिकाले पुनर्ताजगीकारण तालिम दिने गरिन्छ, बीमा क्षेत्रमा दक्षता हाशिल गरेका, बीमा क्षेत्रको विशेषज्ञता हासिल गरेका व्यक्तिहरुबाट तालिम तथा अनुभब अदान प्रदान गर्ने गरिन्छ। एस्तो तालिम बिमाको विश्वब्यापी प्रचलन नै हो तर नेपालमा भने मोटिभेशनल ट्रेनिंगको नाममा बिमा क्षेत्रमा असफल तथा विभिन्न समयमा नक्कली शैक्षिक प्रमाणपत्र देखाएर बिमा कम्पनीहरुमा जगिर खानेहरु आफ्नो नक्कली शैक्षिक प्रमाणपत्र छानबिन हुने डरले जागिर छोडेर ‘मोटिभेशनल ट्रेनर’ को फरिया भिरेर हिड्ने गरेको जानकारी इन्स्योरेन्स खबरले केहि समय अगाडी ब्रेक गरेको थियो।

तिनै ‘मोटिभेशनल ट्रेनर’ हरु जो बिगतमा बीमा क्षेत्रकै असफल तथा नक्कली शैक्षिक प्रमाणपत्र छानबिन हुने डरले इन्स्योरेन्स कम्पनीको जागिर छोडेर हिडेकाहरु अहिले पनि बजारमा सलबलाउने गरेको जानकारी एक बिमा कम्पनीका उच्च अधिकारीले दिएका छन्। ति अधिकारीका अनुसार त्यस्ता व्यक्तिहरुले ‘मोटिभेशनल ट्रेनिंग योजना गर्न र आफुलाई श्रोत व्यक्तिको रुपमा बोलाउन दबाब दिने गरेको उनले जानकारी दिए। उनले अगाडी थपे ‘बिमा कम्पनीमा अभिकर्ता बन्न योग्यता चाहिने, जागिर खान योग्यता चाहिने तर मोटिभेशनल ट्रेनर बन्न केहि नचाहिने?’

Esewa
Crest

यो बिषयमा नेपालमा आहिले सम्म कसैलाई पनि ‘मोटिभेशनल ट्रेनर’ को लागि अनुमति नदिएको र ‘मोटिभेशनल ट्रेनर’ बन्नको लागि प्रक्रिया बुझ्न नआएको जानकरी बीमा समिति श्रोतले दिएको छ।

बीमा समितिका एक अधिकारीका अनुसार बजारमा अयोग्य व्यक्तिहरुले समेत मोटिभेशनल ट्रेनरको रुपमा ट्रेनिंग गर्दै आएको गुनासो बढ्न थालेकोले यो बिषयमा बीमा कम्पनीहरु सचेत बन्नु पर्ने बताए। ति अधिकारीका अनुसार बीमा ट्रेनरको नियम र योग्य निर्धारण गरिएको छैन भन्दैमा अयोग्य व्यक्तिहरुले बीमा प्रशिक्षण दिदा समग्र बीमा क्षेत्रकै मर्यादा बिग्रिने हुदा बीमा कम्पनीहरुले यो बिषयलाई गम्भीर रुपमा लिनु पर्ने ति अधिकारीले बताए।

बीमा ऐन २०४९ को दफा ३० अनुसार बीमा कम्पनीको अभिकर्ता बन्नको लागि कम्तिमा पनि एसएलसी वा सो सरह को शैक्षिक योग्यता अनिबार्य गरेको छ। भने बिमा कम्पनीमा जागिर खान पनि तह अनुसारको शैक्षिक योग्यता आवश्यक पर्दछ, तर ‘मोटिभेशनल ट्रेनर’को नाममा अयोग्य व्यक्तिहरुबाट बीमाको प्रशिक्षण दिदा समग्र बीमा क्षेत्रकै प्रतिष्ठा माथि आच आउने हुदा यो बिषयमा गम्भीर हुन जरुरि देखिन्छ।

र यो पनि:

बिमा कम्पनीहरुका कर्मचारी मात्र होइन, मोटिभेशनल ट्रेनर पनि नक्कली

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS