IME Life New

बाढीपहिरोको क्षतिः बीमकहरुमा साढे ९ अर्बको दाबी, अहिलेसम्म कति भयो भुक्तानी ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकहरुमा बाढीपहिरोबाट भएको क्षतिको हालसम्म साढे ९ अर्ब रुपैयाँको दाबी परेको छ। असोज दोस्रो साताको अविरल वर्षपछि देशका विभिन्न स्थानमा सिर्जित बाढीपहिरोले ठूलो धनजनको क्षति भएको थियो।

नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक ६ गतेसम्म प्राप्त तथ्यांका आधारमा निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा ३ हजार ३०६ वटा दाबी परेको छ। ती दाबीको कम्पनीहरुले ९ अर्ब ५४ करोड ६१ लाख ८२ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको हो।
हालसम्म बीमकहरुले २६१ वटा दाबीको ३० करोड ३६ लाख ५४ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

Crest

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। यो कम्पनीमा ४८५ वटा दाबी परेको छ। जसमा कम्पनीले २ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म कम्पनीले ३३ वटा दाबीको ४ करोड १७ लाख ८१ हजार रुपैयाँ भुक्तानी गरेको छ।

यसैगरी ओरिएन्टल इन्स्योरेन्सले दोस्रो धेरै दाबी भुक्तानी गर्नुपर्ने देखिएको छ। यो कम्पनीले १७२ वटा दाबीको १ अर्ब ४५ करोड ६९ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीले ६ वटा दाबीको ३ लाख ९४ हजार रुपैयाँ भुक्तानी गरेको छ।

सबैभन्दा बढी दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। शिखरमा ४२७ वटा दाबी परेको छ। ती दाबीको ९८ करोड ८१ लाख ४७ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ। कम्पनीले हालसम्म १५९ वटा दाबीको २१ करोड ५० लाख ४२ हजार रुपैयाँ भुक्तानी गरेको छ।

नेको इन्स्योरेन्सले २७२ वटा दाबीको ९८ करोड २२ लाख २५ हजार रुपैयाँ, हिमालयन एभरेष्टले २३६ वटा दाबीको ९७ करोड ३४ लाख ४५ हजार रुपैयाँ, सगरमाथा लुम्बिनीले ३५५ वटा दाबीको ६६ करोड ८१ लाख ४७ हजार रुपैयाँ, नेसनल इन्स्योरेन्सले ८५ वटा दाबीको ५६ करोड ४८ लाख ९७ हजार रुपैयाँ र एनएलजी इन्स्योरेन्सले १७० वटा दाबीको ४६ करोड ५० लाख ५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

हालसम्म नेको इन्स्योरेन्सले ८ वटा दाबीको २ लाख १९ हजार रुपैयाँ, हिमालयन एभरेष्टले १२ वटा दाबीको १ करोड ५५ लाख ३३ हजार रुपैयाँ, सगरमाथा लुम्बिनीले १८ वटा दाबीको १ करोड १९ लाख ५४ हजार रुपैयाँ र नेसनल इन्स्योरेन्सले ३ वटा दाबीको २२ लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

त्यस्तै आईजीआई प्रुडेन्सियलले २८९ वटा दाबीको ३६ करोड ७९ लाख ४५ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले १६९ वटा दाबीको ३६ करोड २३ लाख ३२ हजार रुपैयाँ, सानिमा जीआईसीले २०० वटा दाबीको २५ करोड ९३ लाख ९६ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १७ वटा दाबीको २० करोड ६७ लाख रुपैयाँ, युनाइटेड अजोडले २९२ वटा दाबीको १२ करोड ५४ लाख ४० हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सले १११ वटा दाबीको ५ करोड ३४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म आईजीआई प्रुडेन्सियलले १६ वटा दाबीको ३२ लाख ४ हजार रुपैयाँ, सानिमा जीआईसीले २ वटा दाबीको १ करोड ३२ लाख १६ हजार रुपैयाँ, युनाइटेड अजोडले ३ वटा दाबीको ४२ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सले एउटा दाबीको ११ हजार ६९१ रुपैयाँ भुक्तानी गरेका छन्।

दाबी परे पनि हालसम्म एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी एउटा पनि भुक्तानी गरेका छैनन्।

उता निर्जीवन लघु बीमकमध्ये स्टार माइक्रोले ९ वटा दाबीको ३५ लाख १५ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ४ वटा दाबीको १५ लाख २० हजार रुपैयाँ, नेपाल माइक्रोले ७ वटा दाबीको ८ लाख ५० हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ६ वटा दाबीको २ लाख ४० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म यी लघु बीमकले एउटा पनि दाबीको भुक्तानी गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS