काठमाडौं । शेयर बजार आज सोमबार पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ को विन्दुमा बन्द भएको छ।
बजार बढ्दा १६६ कम्पनीको शेयरभाउ बढेको छ भने ७४ कम्पनीको घटेको छ। यो दिन ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
नेप्सेमा रहेका १३ वटा समूहमध्ये १० वटा बढेका छन् भने ३ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक २.४७ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.२७ प्रतिशतले घटेको छ।
आज बजारमा १० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- नेपाल पुनर्बीमा कम्पनीः ३२ करोड ६४ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः २७ करोड ४३ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २६ करोड ४७ लाख रुपैयाँ
- रिलायन्स फाइनान्सः २४ करोड २६ लाख रुपैयाँ
- युनाइटेड इदी मर्दीः १७ करोड ३८ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १५ करोड २२ लाख रुपैयाँ
- पिपुल्स हाइड्रोपावरः १५ करोड १५ लाख रुपैयाँ
- पोखरा फाइनान्सः १४ करोड ६५ लाख रुपैयाँ
- हिमालयन पावर पार्टनरः १४ करोड ५४ लाख रुपैयाँ
- नेपाल फाइनान्सः १४ करोड २८ लाख रुपैयाँ

















