काठमाडौं । बिहिबार नेप्से परिसूचक २८१८.४३ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २.७० अंकले घटेको छ । १० अर्ब १० करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट १४० करोड ४४ लाखको कारोबार भएको छ जसमा ६२ करोड २५ लाखको खरिद छ भने ७८ करोड १८ लाखको विक्री गरेको छ ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ६ बाट ८१ करोड ६३ लाखको खरिद भएको छ भने ४३ करोड २२ लाखको विक्री भएको छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन्।