काठमाडौं । मंगलबार नेप्से परिसूचक २७६५.८८ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ७.१३ अंकले बढेको छ। ९ अर्ब ९० करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट १ अर्ब १५ करोड ५२ लाखको कारोबार भएको छ जसमा ६० करोड ९० लाखको खरिद भएको छ भने ५४ करोड ६२ लाखको बिक्री छ ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४९ बाट ३७ करोड ८० लाखको खरिद भएको छ भने ३३ करोड ५६ लाखको बिक्री भएको छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ले बिक्री धेरै गरेका छन्।


















