IME Life New
GBIME

फलोअर पुनर्बीमा कम्पनीलाई पनि रेटिङ अनिवार्य, नेपाली पुनर्बीमा कम्पनीमा लागु नहुने

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले ‘बीमकको पुनर्बीमा निर्देशिका २०७८’ को दोस्रो संसोधनका क्रममा (अनुयायी) फलोअर पुनर्बीमकको लागि पनि रेटिङ अनिवार्य गरेको छ । बीमा समितिले पुनर्बीमा गर्दा तोकिएकाे रेटिङ प्राप्त फलोअर पुनर्बीमा कम्पनी चयन गर्नु पर्ने व्यवस्था गरेको हो ।

यस भन्दा अगाडी फलोअर पुनर्बीमकको लागि जुन सुकै स्तरको रेटिङ भए तापनि पुनर्बीमा गर्न सकिने व्यवस्था थियो । तर पछिल्लो संशोधन सँगै फलोअर पुनर्बीमक चयन गर्दा एम वेष्ट रेटिङ अन्तर्गत ‘बि डलब प्लस’ हुनु पर्नेछ । त्यस्तै एस एण्ड पि रेटिङ अन्तर्गत ‘ट्रिपल बि’ हुनु पर्छ । मोडिज रेटिङ अन्तर्गत ‘बि डलब ए’ हुनु पर्छ । फिच रेटिङ अन्तर्गत पनि ‘ट्रिपल बि’ हुनु पर्छ ।

Crest

बीमा समितिले नेपाली पुनर्बीमकको हकमा भने रेटिङ सम्बन्धी व्यवस्था लागू नहुने व्यवस्था गरेको छ । जवकी यस निर्देशिका अनुसार तोकिएका भन्दा कम रेटिङ प्राप्त कम्पनीमा पुनर्बीमा गर्न पाइदैन भनिएको छ । अघिल्लो निर्देशिकामा पुनर्बीमा गर्दा रेटिङ अनिवार्य हुनु पर्ने व्यवस्थालाई टेकेर चर्को विरोध पछि समितिले निर्देशिकालाई संशोधन गरी नेपालीको हकमा उक्त नियम लागु नहुने व्यवस्था गरिदिएको हो ।

फ्याकल्टेटिभ पुनर्बीमा कम्पनीबाट स्वीकृत भए पछि मात्रै लागु गर्नु पर्ने

बीमा समितिले पुनर्बीमा सम्बन्धी निर्देदिका संसोधन गर्ने क्रममा बीमा कम्पनीले फ्याकल्टेटिभ पुनर्बीमा गर्दा पुनर्बीमा गर्दा पुनर्बीमकबाट स्वीकृति प्राप्त नभएसम्म पुनर्बीमा गर्न र बीमालेख जारी गर्न नपाउने व्यवस्था गरेको छ । कतिपय बीमा कम्पनीले फ्याकल्टेटिभ बीमाका नाममा मनलाग्दी पोलिसी खरिद बिक्री गर्ने गरेको पाइन्छ । तर कतिपय अवस्थामा फ्याकल्टेटिभ पुनर्बीमा पनि स्वीकृत नभइ दाबी आउने गरेकाले समस्या पर्दै आइरहेको छ ।

बीमा समितिले निर्देशिकाको दफा ९ लाई संसोधन तथा थप गर्ने क्रममा उक्त व्यवस्था थप गरेको हो । निर्देशिकाको दफा ९ मा पुनर्बीमा विविधिकरण गर्नु पर्ने व्यवस्था छ । यसै अन्तर्गत पुनर्बीमाको विविधिकरण गर्ने क्रममा मूल्य लिडर पुनर्बीमकलाई कुल पुनर्बीमाको बढिमा ४० प्रतिशत सम्म र अन्य सहभागी पुनर्बीमकको हकमा प्रत्येक पुनर्बीमकलाई बढीमा २० प्रतिशतसम्म पुनर्बीमा दिनु पर्ने व्यवस्था छ । तर यदि दफामा उपदफा ७ थप गरी स्वदेशी पुनर्बीमा कम्पनीको हकमा सिमा लागु नहुने व्यवस्था गरिएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS