IME Life New

प्रुडेन्सियल इन्स्योरेन्सको ६०% हकप्रद शेयर विक्री खुला, कहिलेसम्म दिन पाईन्छ आवेदन?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६० प्रतिशत हकप्रद शेयर आजबाट विक्री खुला भएको छ । कम्पनीले १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डबाट भदौ २९ गते स्वीकृति पाएसँगै कम्पनीले ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

Crest

कम्पनीले माघ २७ गतेसम्मका कायम शेयरधनीका लागि १० बराबर ६ ९१०ः६० को अनुपातमा हकप्रद विक्री गर्न लागेको हो । कम्पनीको हकप्रदमा चैत २३ गतेसम्म आवेदन दिन सकिन्छ ।

इन्स्योरेन्सको यस हकप्रदलाई इक्रा नेपालले आईपिओ ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको हकप्रदमा एनएमबि क्यापिटल, एनएमबि बैंकका शाखा कार्यालयहरु, गुडविल फाइनान्सका शाखा कार्यालयहरु, सेन्ट्रल फाइनान्सका शाखा कार्यालयहरु तथा आस्बा सदस्य सेवा लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि अनलाइन आवेदन दिन सकिन्छ ।

कम्पनीको हाल चुक्तापूँजी ६४ करोड १५ लाख २० हजार रहेको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS