IME Life New

प्रिमियममा आईपीओ ल्याउन लागेको हिमालयन रि को शेयर कुन बिग हाउसको हातमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रति साधारण शेयर अंकित मूल्य रु.१००मा प्रिमियम बापत रु. १०६ थप गरी प्रति शेयर रु.२०६ मा हिमालयन रि इन्स्योरेन्सले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमामा गएका नेपालीमा  कार्तिक २१ गते देखि आईपीओ  निष्कासन गर्दै छ भने निकट भविष्यमा सर्वसाधारणलाई निष्कासन  गर्ने छ ।

कम्पनीको आह्वानपत्रलाई आधारमान्दा अम्बर प्रोभेष्टमेन्ट प्रा.लि.को नाममा ६७ लाख ८५ हजार कित्ता शेयर स्वामित्व रहेको छ। त्यस्तै सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकको ५० लाख कित्ता, अर्को सरकारी लगानी भएको बैंक नेपाल बैंकको पनि ५० लाख कित्ता शेयर स्वामित्व रहेको छ ।

Esewa
Crest

इन्फिनीटी होल्डिङ्गस् प्रा.लि.को नाममा ४५ लाख कित्ता, जगदम्बा मोटर्स प्रा.लिको नाममा ३२ लाख कित्ता शेयर स्वामित्व रहेको छ । व्यक्तिगत तर्फ  विकास दुगडको नाममा २२ लाख कित्ता शेयर स्वामित्व रहेको छ । ईन्जिनियरिङ्गमा स्नातक गरेका दुगड के एल दुगड ग्रुप, नेपालमा प्रबन्ध संचालकमा कार्यरत छन् । त्यस्तै जगदम्बा स्टिलस् प्रा.लिको २२ लाख कित्ता, साफ्रोन सि.के. इनभेष्टमेन्ट प्रा.लि. र हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिको नाममा समान २० लाख कित्ता, आर.एम.सी. कन्ष्ट्रक्सन एण्ड इनभेष्टमेन्ट प्रा.लिको नाममा १५  लाख कित्ता शेयर स्वामित्व रहेको छ ।

संचालक समिति :
कम्पनीको संचालक समितिको अध्यक्ष गोल्छा समूहका अध्यक्ष समेत रहेका व्यापारी शेखर गोल्छा हुन्। त्यस्तै संचालक समितिका अन्य सदस्यमा श‌ंकर समूहका शाहिल अग्रवाल, लक्की समूहका अमित मोर, रमेश कर्पकी साक्षी वंशल (गुप्ता) र चार्टर्ड अकाउण्टेण्ट सुभाष कुमार झुनझुनवाला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

30%
happy

खुसी

0%
sad

दु :खी

30%
amazed

अचम्मित

20%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS