IME Life New

प्राधिकरणको कोशी प्रदेश कार्यालयद्धारा देवानगञ्ज गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा आज सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षा गर्नका लागि बीमा आवश्यक भएकाले गाउँपालिकाले नीति तथा कार्यक्रममा बीमालाई समावेश गरी अगाडि बढी रहेको जानकारी गराएका थिए ।

कृषी सम्बन्धि बस्तुहरुको बीमा गराउनको लागि सचेतना कार्यक्रम ल्याई आगामि आर्थिक बर्ष देखी कृर्षकहरुलाई सहुलियत हुने गरी योजनामै बीमाको कार्यक्रम राखेर खुसी किसान देवानगञ्जको पहिचान भन्ने नारालाई सार्थक प्रदान गर्न आफु कटिबद्ध रहेको बताएका थिए। अध्यक्ष मेहताले बीमा सम्बन्धी नीति तर्जूमामा प्राविधिक सहयोग गर्न नेपाल बीमा प्राधिकरणलाई आग्रह समेत गरे ।

Esewa
Crest

गाउँपालिका उपाध्यक्ष कुमारी बिभा यादवले पालिकाबाट आर्थिक सहयोग गरी विपन्न वर्ग र अशक्तलाई समेत बीमाको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरिन् ।

नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख बिनोद कुमार पोखरेलले बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, बीमाको पहुँच विस्तारमा स्थानीय तहको भूमिका लगायतका विषयमा प्रस्तुती दिएका थिए । साथै, उनले बीमा सम्बन्धी नीति तर्जूमामा प्राविधिक सहयोग गर्न प्राधिकरण तयार रहेको बताए । बीमा दाबी गर्दा आवश्यक कागजात सहित आफैले दाबी गर्नुपर्ने र विचौलियालाई त्यसको जिम्मा दिन नहुने बताउदै कुनै समस्या परेमा प्राधिकरणलाई जानकारी दिन आग्रह समेत गरे ।

ओरिएण्टल इन्स्योरेन्स कम्पनीका प्रमुख प्रदिप बाबु तिवारीले कृषि बीमा सम्बन्धि जानकारी गराएका थिए । कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुले बाली बीमा गर्न नमानेको, गाडीको बीमा दाबी भुक्तानीमा जटिलता रहेको, दाबी सम्बन्धी समस्या हल नभएको, बीमाका बारेमा जानकारी नपाएको लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा सम्बन्धित गाउँपालिकाका वडा अध्यक्ष, सदस्य, कर्मचारी, विभिन्न बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र प्रतिनिधि, अगुवा कृषक, सहकारी संस्थाका प्रतिनिधि, स्थानिय बैंक शाखाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका साहयक निर्देशक पुष्पा खनालले गरेकी थिइन् भने सञ्चालनमा सहयोग साहयक प्रथम बिजय लिम्बुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS