IME Life New

प्राकृतिक प्रकाेपबाट ६ महिनामै १३८ अर्ब अमेरिकी डलर भन्दा बढीकाे क्षति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर्राष्ट्रिय पुनर्बीमक गलाघर रिइन्स्याेरेन्सले सन् २०२३ काे पहिलो अर्द्ध वार्षिक अवधिमा महिनामा प्राकृतिक प्रकोपबाट कुल प्रत्यक्ष आर्थिक नोक्सान १३८ अर्ब अमेरिकी डलर नाघेकाे अनुमान गरेकाे छ। पुनर्बीमकले सार्वजनिक गरेकाे प्रतिवेदनका अनुसार याेमध्ये जम्मा ५२ अर्ब अमेरिकी डलर बराबरकाे जाेखिम मात्र बीमा कम्पनीले व्यहाेरेका छन् ।

गलाघरले ६ महिनाकाे अवधिमा भएकाे आर्थिक नाेक्सानीमध्ये ६३ प्रतिशतकाे फराकिलाे हिस्सा अर्था ८६ अर्ब अमेरिकी डलरकाे जाेखिम बीमाकाे सुरक्षामा समेटिएकाे थिएन । मौसम र जलवायू परिवर्तन सम्बन्धी घटना (भूकम्प वा अन्य गैर-वातावरण-संचालित जोखिम बाहेक) आर्थिक नोक्सानमा ९२ अर्ब अमेरिकी डलर क्षति पुगेकाे छ, जसमध्ये जम्मा ४६ अर्ब अमेरिकी डलर बराबरकाे मात्र जाेखिमकाे बीमा गरिएको थियाे। प्राकृतिक प्रकोपका कारण एसियाको आर्थिक नोक्सान ५.३९ अर्ब डलर पुगेकाे छ।

Esewa
Crest

विशेष गरी अमेरिकामा गम्भीर कन्भेक्टिभ स्टर्म (एसिएस) ले बीमा उद्योगलाई उल्लेखनीय रूपमा असर गरेको थियो। याे अवधिमा अन्य क्षेत्रहरूले पनि उल्लेखनीय प्राकृतिक जोखिमका घटनाहरू अनुभव गरे। न्युजिल्यान्डले जनवरी र फेब्रुअरीमा रेकर्डमा रहेका दुई महँगो मौसमी घटनाहरूको सामना गर्दा कम्तिमा २.३ अर्ब अमेरिकी डलरकाे नाेक्सानी व्यहाेर्न बाध्य भयाे ।

एल निनोमा संक्रमण र जलवायु परिवर्तनको प्रभावसँग जोडिएको असामान्य तातो अवस्थाले क्यानाडामा विनाशकारी जंगली आगलागी, दक्षिण अमेरिका, युरोप र एशियामा गम्भीर खडेरी र उत्तरी अमेरिका र एशियाका केही भागहरूमा घातक गर्मीको लहरहरू निम्त्यायो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS