IME Life New

प्राइम लाइफ सहित नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्जमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी , बैंक अफ काठमाण्डू लिमिटेड र स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । यी तिन वटै कम्पनीको हिजो बुक क्लोज भएसँगै आज शेयर मुल्य समायोजन भएको हो ।

नेप्सेमा आज प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ५६ रूपैयाँ ५२ पैसा कायम हुने गरी शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ८ सय ७० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Esewa
Crest

कम्पनीको कार्तिक २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौधौँ वार्षिक साधारण सभा मंसिर १९ गते, आइतबार हुनेछ ।

बैंक अफ काठमाण्डू लिमिटेडको १० प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय १० रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ३ सय ४१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको २१औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार, कुमारी बैंक लिमिटेड, नक्साल, काठमाडौँमा बिहान ११ः३० बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ४ सय ८६ रूपैयाँ ४५ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य एक हजार ५ सय ३५ रुपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ३५ औँ वार्षिक साधारण सभा मंसिर २८ गते, मंगलबार बैंकको केन्द्रिय कार्यलय, बानेश्वर, काठमाडौँमा बिहान १० बजेदेखि अनलाईन माध्यामबाट सुरू हुनेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS