IME Life New

प्राइम लाइफले ल्यायो एकल तथा आवधिक भुक्तानीको सुविधा सहित ‘प्राइम शुभलाभ’ बीमा योजना

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १३ औ वार्षिकोत्सवको अवसरमा नयाँ बीमा पोलिसी बजारमा ल्याएको छ । कम्पनीले एकल तथा निश्चित अवधिको सुविधा भएको ‘प्राइम शुभलाभ’ बीमा योजनाको शुभारम्भ गरेको हो ।

कम्पनीले एक तथा निश्चित अवधिमा प्रिमियम भुक्तानी गर्न मिल्ने गरी यो योजना ल्याएको हो । बीमितले आफ्नो आम्दानीको स्रोतका आधारमा एक रुपमा साथ साथै वार्षिक तथा अर्धवार्षिक रुपमा बीमा शुल्क भुक्तानी गर्न सक्ने छन् । बीमितले नियमित दुई वर्षको बीमा शुल्क भुक्तानी गरे पछि कर्जा समेत प्राप्त गर्न सक्छन् ।

Crest

न्यूनतम १८ वर्षदेखि अधिकतम ६० वर्ष उमेर समुहका नेपाली नागरिकले यो बीमा पोलिसी खरिद गर्न सक्ने छन् । अधिकतम बीमा समाप्ती उमेरको हकमा ७५ वर्ष तोकिएको छ । यो पोलिसी न्युनतम १२ वर्ष वर्ष अधिको लिन सकिनेछ ।

यदि बीमितको मृत्यु भएमा, दुर्घटनाको कारणबाट मृत्यु भएमा, दुर्घटनाको कारणबाट अङ्गभङ्ग भई स्थायी रुपमा अशक्त भएमा वा बीमा समाप्ती भएको अवस्थामा दाबी भुक्तानी पाउन सक्छन् । यो योजना खरिद गर्दा पूरक करारको रुपमा दुर्घटनाको कारणबाट मृत्यु भएमा वा दुर्घटनाको कारणबाट अङ्गभङ्ग भई स्थायी रुपमा अशक्त भएका खण्डमा थप सुविधा पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

बीमाङ्क रकम भुक्तानी दिइने अवस्था

बीमा समापत्ती मितिसम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही उक्त मितिमा बीमाङ्क रकम, सुनिश्चित बोनस रकम र थप बोनस रकम एकमुष्ठ भुक्तानी दिइने कम्पनीले जनाएको छ ।

बीमा समाप्ती हुने मिति अगाबै बीमालेख चालू रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही दाबी भुक्तानी दिइने सुविधा रहेका छन् । बीमा प्रारम्भ मितिले दुई वर्ष भित्रमा बीमितको मृत्यु भएमा मूल बीमाङ्क रकम र नियमानुसारको सुनिश्चित बोनस रकम प्राप्त गर्न सकिन्छ । त्यस्तै बीमा प्रारम्भ मितिले तेस्रो वार्षदेखि पाँच वर्ष भित्रमा बीमितको मृत्यु भएमा मूल बीमाङ्कको अधिकतम १५० प्रतिशतसम्म र नियमानुसारको सुनिश्चित बोनस रकम प्राप्त गर्न सकिन्छ । बीमा प्रारम्भ मितिले पुरा पाँच वर्ष पछि बीमा अवधि समाप्ती मितिसम्ममा बीमितको मृत्यु भएमा मुल बीमाङ्कको २०० प्रतिशतसम्म र नियमानुसारको सुनिश्चित बोनस रकम पनि प्राप्त गर्न सकिन्छ ।

कम्पनीले यो पोलिसीमा अहिले नै बोनस रकमको सनिश्चितताको ग्यारेन्टी गरेको छ । नियमित रुपमा वार्षक तथा अर्धवार्षिक बीमा शुल्क भुक्तानी गरेका खण्डमा कम्पनीले प्रति हजार ६० रुपैयाँ बोनसदर सुनिश्चित गरेको छ । त्यस्तै एकल भुक्तानीको हकमा भने प्रतिहजार ४० रुपैयाँ सुनिश्चित गरिएको छ ।

थप बोनस रकमको हकमा भने बीमितले पूर्ण बीमा अवधिसम्म बीमालेख चालु अवस्थामा रही बीमालेख परिपक्व भएको अवस्थामा मात्रै बीमा अवधि १२ वर्षको हकमा मूल बीमाङ्कको कूल २५ प्रतिशत बराबरको रकम थप दिइने कम्पनीले जनाएको छ । त्यस्तै बीमा अवधि १५ वर्षको हकमा मूल बीमाङ्कको कूल ३० प्रतिशत बराबरको रकम थप दिइने कम्पनीले अहिले नै घोषणा गरेको छ । अर्को एक भुक्तानीको हकमा १५ अवधीको पोलिसी खरिद गर्दा कूल १५ रुपैंयाँ प्रतिहजार बीमाङ्कमा थप दिइने साथै १५ वर्षको हकमा कुल ३० प्रति हजार बीमाङ्क रकमा थप दिइने सुविधा छ । वार्षिक रुपमा बीमा शुल्क भुक्तानी गर्दा १.५ प्रतिशत छुट पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS