IME Life New

प्रभु केवलकारले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु ग्रुप एण्ड कम्पनीज अन्तर्गतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड गरी ४ वटा कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच आज शेयर निष्काशन गर्न सम्पुर्ण कार्य गर्ने गरी सम्झौता सम्पन्न भएको छ । यो सम्झौता भए सँगै प्रभु केवलकारको रु. ३० करोड बराबरको आइपीओ निष्काशन गर्ने कार्य अगाडी बढेको छ ।

प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडको आइपीओ निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि उक्त सम्झौतापत्रमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष भोज कुमार खड्का र कुमारी क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षगरे ।

Crest

प्रभु केवलकारको लगानीमा तीन वटा केवलकार परियोजनाहरु अगाडी बढेका छन् । जस मध्ये बुटवलमा भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केवलकार परियोजना गत असोज देखि व्यवसायिक रुपमा सञ्चालनमा आईसकेको छ । उक्त केवलकारबाट छोटो समयमा नै पचहत्तर भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले यात्रा गरि सकेका छन् ।

प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड नै उक्त सिद्धार्थ केवलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो । यो केवलकार बुटवल स्थित फुलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ । जहाँ राजा मणिमुकुन्द सेनको दरबार, संस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिक लगायत विभिन्न पुरातात्विक सम्पदा समेत रहेका छन् ।

त्यस्तै, यस प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड कम्पनीको लगानीमा सुदुर पश्चिम स्थित बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको ईच्छाकामना मन्दिरमा निकट भविष्यमा केवलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ । यस कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादन मुलक उद्योग र साहासिक पर्यटनमा समेत लगानी गर्दै दोस्रो बजारमा राम्रो उपस्थिति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS