IME Life New

प्रबिधि मैत्री बन्दै माछापुच्छ्रे बैंक, संचालनमा ल्यायो ‘एमबीएल स्मार्ट बचत’ खाता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ फाल्गुन २९। माछापुच्छ्रे बैंकले ग्राहकहरुलाई सेवा सुविधा थप्नेक्रममा ‘एमबीएल स्मार्ट बचत’ खाता संचालनमा ल्याएको छ । बैंकमा नै धाउनु नपर्ने विद्युतीय माध्यमबाटै खाता सञ्चालन गरि ग्राहकलाई प्रोत्साहित गर्ने उद्देश्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो ।

खातामार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्नेछन् भने न्युनतम ५ हजार रूपैयाँ बचतमा बैंकले ६ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।

Esewa
Crest

साथै खाता खोलेपछि ग्राहकहरुले अब घरमै बसी आफ्नो बचतलाई मुद्दतीमा रुपान्तर समेत गर्न सक्ने बैंकले जनाएको छ ।

 

सुविधाहरु ग्राहकहरुले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबिएल मोबाइलमनी, डेबिट, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर सुविधा, सि–आश्वा सुविधा, अन्तर शाखा कारोबार सुबिधा लकर लगायतका सुविधा रहेका छन ।

बैंकले ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट बैंकिङ्ग सुबिधा दिईरहेको छ भने देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS