IME Life New

प्रधानमन्त्री बाली बीमा याेजनाबाट भारतीय बीमकले कमाए ४ खर्ब भारु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केन्द्र सरकारको प्रमुख बाली बीमा योजना, प्रधान मंत्री बाली बीमा योजना अन्तर्गत भारतीय निर्जीवन बीमा कम्पनीले पछिल्लो पाँच वर्षमा  करिब ४ खर्ब भारू(६ खर्ब ४० लाख रूपैयाँ) नाफा कमाएका छन्।

अप्रिल २०१६ देखि शुरू भएकाे याे कार्यक्रमकाे पहिलाे पाँच वर्ष नाफा भएको छ। टाइम्स अफ इण्डियाका अनुसार ३१ मार्च २०१७ देखि २०२२ मार्च सम्मकाे गृष्म ऋतुकाे बालीकाे जाेखिम बहन गरिएकाे थियाे ।

Esewa
Crest

संसदको माथिल्लो सदन राज्यसभामा उठेका प्रश्नहरूको लिखित जवाफमा कृषिमन्त्री नरेन्द्र सिंह तोमरले बीमकले भारू १ हजार १ सय ९३ अर्बकाे दाबी भुक्तानी गरेकाे जानकारी दिए । किसानबाट बाली बीमावापत  भारू १ हजार ५ सय ९१ अर्ब बीमाशुल्क आम्दानी गरेका थिए।

देशमा प्रधानमन्त्री बाली बीमा याेजना वितरण गर्न केन्द्र सरकारले १८ वटा निर्जीवन बीमा कम्पनीलाई समावेश गरेकाे छ ।

योजना अन्तर्गत, सबै गृष्मकालीन बालीका लागि कृषकले बीमा रकमको २% सम्म र रवि (हिउँदे-छर्ने) बालीका लागि १.५% सम्मको बीमाशुल्क भुक्तानी गर्नुपर्छ । वार्षिक व्यावसायिक र बागवानी बालीको हकमा, किसानहरूले तिर्नु पर्ने अधिकतम बीमाशुल्क बीमा रकमको ५% मात्र हो। बाँकी बीमाशुल्क रकम केन्द्र र राज्य सरकारले समान रूपमा व्यहाेर्दै आएका छन् ।

यो योजना कार्यान्वयनको पहिलो वर्ष २०१७ मा ३० प्रतिशत बाली क्षेत्रमा पुग्दा किसानबाट सकारात्मक प्रतिक्रिया पाएपनि २०१९ मा २७ र २०२० मा २५ प्रतिशतमा झरेकाे छ । पञ्जाब यस योजनामा सहभागी भएकाे छैन । बिहार, पश्चिम बंगाल, गुजरात, झारखण्ड, आन्ध्र प्रदेश र तेलंगाना जस्ता केही राज्यले याे योजनाबाट बाहिरिएका छन् । तर यी आन्ध्र प्रदेश यो महिनामा पुनः यो योजनामा सहभागी भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS