IME Life New
GBIME

प्रदेशस्तरमा सबै असक्षम छन् भन्नु पर्यो नभए प्रदेशस्तरमा ब्रोकर लाईसेन्स दिनु पर्यो

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

राजधानी भित्र शेयर लगानीकर्ताको हक हित संरक्षण गर्न धेरै संघ, संस्था र फोरम खुलेपनि मोफसलमा भने शेयर लगानीकर्ताको संघ,फोरम खुलेकाे थिएन । प्रदेश ५ को हब बुटवलका केही स्थानीय लगानीकर्ता मिलेर प्रदेश ५ शेयर लगानीकर्ता फोरम संचालनमा ल्याएसँगै काठमान्डौ बाहिर पहिलो फोरम दर्ता भएको थियो । प्रदेश ५ शेयर लगानीकर्ता फोरमका कोषाध्यक्ष र स्थानीय व्यापारी दिनेश गैरे सँग फोरम र समसामयिक विषयमा इन्स्योरेन्स खबरले गरेको कुराकानी :

???? तपाई आवद्ध फोरमको बारेमा केही जानकारी दिनुस न ? तपाईंको फोरमले के गर्छ र के उद्धेश्यले स्थापना भएको हो ?
हाम्रो फोरम प्रदेश ५ शेयर लगानीकर्ता फोरम लगानीकर्ताको हक हित संरक्षणको लागि खोलिएको सस्था हो ।  काठमाडौंभित्र लगानीकर्ताको हक हित संरक्षणको लागि धेरै सस्थाको जन्म भए पनि राजधानी बाहिरका लगानीकर्तालाई मध्यनजर गर्दै हामीले बुटवलका स्थानीय साथीभाई मिलेर  प्रदेश ५ शेयर लगानीकर्ता फोरम खोलेको हो । राजधानी बाहिर पनि शेयर बजार छ र राजधानी बाहिर पनि लगानीकर्ताको समस्या र आवाजलाई केन्द्रित गर्दै सम्बन्धीत निकायमा पुगाउने हाम्रो मुख्य उद्देश्य हो । हाम्रो यो सस्थामार्फत लगानीकर्तालाई सचेतनात्मक कार्यक्रम पनि गर्दै आएका छौ । प्रदेश ५ मा शेयर बजार विस्तार र विकासको लागि हामीले प्रयास र पहल गर्दै छौ । अहिले सम्मको प्रयासबाट खुशी छौ , आगामी दिन पनि राम्रै हुने छ।

Crest

???? प्रदेश ५ मा शेयर बजारको अवस्था के छ ?
प्रदेश ५ को सबै भन्दा ठूलो शेयर बजार फैलिएको ठाउँ भनेको बुटवल हो । बुटवलमा हाल ५ ब्रोकरका शाखा छन्। त्यस्तै नेपालगंजमा २ ब्रोकरका शाखा र दाङ्गमा १ ब्रोकरको शाखा रहेका छन् त्यस्तै भैरहवामा पनि एउटा ब्रोकरको शाखा संचालनमा छ । जे होस यो क्षेत्र आर्थिक हिसाबले दिन प्रतिदिन अघि बढ्दै छ। यो क्षेत्र काठमान्डौ पछि शेयर बजारको हबको रुपमा अघि बढ्ने नै छ । युवा लगानीकर्ता देखि अन्य क्षेत्रमा आवद्ध लगानीकर्तापनि अहिले शेयर बजारमा प्रवेश गरेको अवस्था छ । जे होस हामी खुशी नै छौ ।

बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा नेपालमा किन रोकिएको छ भन्ने कुरा म जस्ता धेरै लगानीकर्ताले बुझ्न सकेको अवस्था छैन । खोई जहाँ पनि बैंकलाई ब्रोकर लाइसेन्स दिने तर नेपालमा यो विषयमा किन नियामक निकायले रोकिरहेको छ ?

???? प्रदेश ५ मा शेयर बजार विकास र विस्तारको लागि के कदम चालिनु पर्ला ?
प्रदेश ५ मा शेयर बजार देखाउने भनेको ब्रोकरहरुको शाखाले मात्र हुन् । जनताले शेयर बजारको वास्तविक उपस्थिति हेर्न पाएको अवस्था छैन । त्यसैले प्रदेश स्तरमा धितोपत्र बोर्डको उपस्थिति हुनु पर्ने देखिन्छ । त्यस्तै प्रदेश सरकारले पनि शेयर बजारलाई प्राथमिकतामा राख्दै विभिन्न सचेतानात्मक कार्यक्रम गर्दा राम्रो हुन्छ । नेप्से, धितोपत्र बोर्डले केही कार्यक्रम गर्दै आए पनि प्रदेश सरकारले भने कुनै त्यस्तो कार्यक्रम गरेको देखिदैन । देश संघियतामा गए पनि प्रदेश ५ का लगानीकर्ताहरुले शेयर बजार अझै पनि काठमान्डौमा मात्र सिमित भएको देखेका छन् ।

प्रदेश बाहिर ब्रोकर संचालन गर्ने सक्ने क्षमता भएका व्यक्ति र सस्था छैनन् भनेर घोषणा गर्नु पर्यो की प्रदेश स्तरमा पनि शेयर ब्रोकर लाईसेन्स वितरण गर्नु पर्यो । शेयर ब्रोकर व्यवसायमा यसरी बन्देज लाउनु हुँदैन ।

???? बैंकलाई ब्रोकर लाईसेन्स दिने कुरामा तपाईको विचार के छ ?
बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा नेपालमा किन रोकिएको छ भन्ने कुरा म जस्ता धेरै लगानीकर्ताले बुझ्न सकेको अवस्था छैन । खोई जहाँ पनि बैंकलाई ब्रोकर लाइसेन्स दिने तर नेपालमा यो विषयमा किन नियामक निकायले रोकिरहेको छ ? वाणिज्य बैंकका सहायक कम्पनीहरुले ब्रोकर लाईसेन्स पाउँदा देश भरका लगानीकर्ताले  शेयर बजारको सिधै प्रवेश पाउँछन । नियामक निकायले के कुरा बुझ्नु पर्छ भने वाणिज्य बैंकहरुले आफ्नो शाखा कार्यालयबाट डिम्याट सुविधा नदिएको भए के आज गाउँका मान्छेले डिम्याट खाता खोल्न सक्थे ?

फेरी शेयर ब्रोकर व्यवसायमा केही सिमित व्यक्तिको पहुँच किन ? व्यापार हो योग्य व्यक्तिले किन शेयर ब्रोकर व्यवसायको आवद्ध हुन नमिल्ने ? त्यस्तै ब्रोकर जति सबै काठमान्डौको हुनु पर्ने ? प्रदेश स्तरमा ब्रोकर लाइसेन्स वितरण किन नगर्ने ? प्रदेश बाहिर ब्रोकर संचालन गर्ने सक्ने क्षमता भएका व्यक्ति र सस्था छैनन् भनेर घोषणा गर्नु पर्यो की प्रदेश स्तरमा पनि शेयर ब्रोकर लाईसेन्स वितरण गर्नु पर्यो । शेयर ब्रोकर व्यवसायमा यसरी बन्देज लाउनु हुँदैन । प्रदेश स्तरमा ब्रोकर लाईसेन्स दिएमा देशभर पुँजी बजार विकास र विस्तारमा सहयोग पुग्ने छ ।

तोकिएको मापदण्ड पुरा गर्ने कम्पनीले प्रदेश स्तरमा पनि ब्रोकर लाईसेन्स पाउनु पर्छ।

???? अहिलेको अन्लाईन प्रणालीलाई कसरी हेर्नु भएको छ ?
तपाईले अन्लाईन भनेर प्रश्न सोध्नु भयो मैले चाँही ननलाईन भन्छु । कहिले काँही अन्लाईन चल्दैन ! ठीक छ दीर्घकालीन लगानीकर्तालाई त समस्या नहोला तर ट्रेडरलाई समयमा अडर हाल्न पाएनन भने समस्या भएन र ? फेरी पूर्ण स्वचालित अन्लाईन रे ? के शेयर बेचे पछि मेरो बैंक खातामा सिधै पैसा आँउछ र पूर्ण स्वचालित हुन ? अन्लाईन को विषयमा तापाईले शेयर बजार सम्बन्धी ग्रुप हेर्न सक्नु हुन्छ। लगानीकर्ताले कति गाली गरिरहेका हुन्छन। अहिले विस्तारै सुधार भएको छ धेरै कुरा ! विस्तारै सबै राम्रो होला नी !

???? अन्त्यमा के भन्न चाहानु हुन्छ ?
नेपालमा जे कुरा पनि ढिला गर्ने बाँकी छ। नेप्से, धितोपत्र बोर्डले काम नै नगरेको भने होइन, तर पनि लगानीकर्ताले सोचे जस्तो गतिमा काम हुन सकेको छैन । नेप्सेले केही काम ढिला गरेमा धितोपत्र बोर्डले नेप्सेले निर्देशन दिन सक्छ। अनि नेपालको अर्थमन्त्रालयले पनि शेयर बजारलाई बुझ्न जरुरी छ । देशको अर्थतन्त्रको खम्बा शेयर बजार हो भने आवश्यक छ । आजको दिनमा देशकै ठूलो आयोजना माथिल्लो तामाकोशीमा पनि शेयर बजार मार्फत नै निकै ठूलो पूँजी संकलन भएको हो । त्यसैले राज्यले पनि शेयर बजारलाई उच्च प्राथमिकतामा राख्नु पर्छ।

लगानीकर्ताले दोश्रो बजारमा प्रवेश गर्दा आक्रामक रुपमा कर्जा लिएर प्रवेश गर्नु हुँदैन। आफु सँग भएको वचतलाई शेयर बजारमा लगानी गर्दा उपयुक्त हुन्छ । त्यस्तै शेयर बजारको उतारचढाव सँग डराउनु भन्दा पनि अभ्यस्त हुन सिक्नु पर्छ। राम्रो लाभांश दिने कम्पनी लिँदा लगानीकर्तालाई दीर्घकालीन लाभ हुने छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS