IME Life New

पूर्णअनलाईन कारोबार प्रणालीको ८२ प्रतिशत काम सम्पन्न, कहिले आउला सञ्चालनमा !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख ७ । नेपाल स्टक एक्सचेञ्जले कार्यान्वयनमा ल्याउन लागेको पूर्ण स्वचालित कारोबार प्रणालीको ८२ प्रतिशत काम सम्पन्न भएको छ । प्रणाली निमार्णको जिम्मा पाएको वाईको इन्टरनेसनलले करिब ८२ प्रतिशत मात्र काम सम्पन्न भएको जानकारी दिएको हो ।

शुक्रबार पूर्ण स्वचालित कारोबार प्रणालीका बारेमा निर्माणमा संलग्न प्राविधिक तथा सदस्य दलालबीच भएको अन्तक्रियामा वाईकोका प्राविधिक विजय गुरलनले प्रस्तावित कारोबार प्रणालीको हालसम्म करिब ८२ प्रतिशत कार्य सम्पन्न भइसकेको जानकारी दिए । ‘हामीले तयार गर्नुपर्ने सम्पूर्ण मोड्युलहरु छुट्टाछुट्टै तयार गरी परीक्षण भइसकेको छ । अब ती मोड्युलहरु लाई एकीकृत गरी छिट्टै ल्याउने छौं,’ उनले भने ।
नेप्से र वाइकोबिच १४ महिनाभित्र प्रस्तावित प्रणाली हस्तान्तरण गर्ने गरी २०७४ वैशाख ६ गते सम्झौता भएको थियो ।

Esewa
Crest

सम्झौता अनुरुप नै कार्य अगाडि बढीरहेकोमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सन्तोष प्रकट गर्दै इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणाली कार्यान्वयनमा आएपछि दोस्रो बजार कारोबारमा सहजता आई नेपालको पुँजी बजार विकासमा अर्को कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।

नेप्सेले उक्त प्रणाली निर्माणका लागि सम्झौता गरेको वाईको इन्टरनेसनलको प्राविधिक टोलीका सदस्य विजय गुरलनका साथै प्रदिप पाम्पडी र दिलिप सिंहले प्रस्तुती दिएका थिए ।

उनीहरुले दलालको तर्फबाट प्रयोग हुने कारोबार प्रणाली, ग्राहकको व्यवस्थापन, कारोबार आदेशको व्यवस्थापन, कारोबार गर्ने तौरतरिका, नेप्से तथा ब्रोकरको सम्बन्ध, ब्रोकर तथा ग्राहकको सम्बन्ध, क्लियरिङ बैंक तथा निक्षेप प्रणालीसँगको सम्बन्ध, जोखिम व्यवस्थापन प्रणाली लगायतका विषयमा समेत जानकारी गराएका थिए ।

कार्यक्रममा सम्पूर्ण सदस्य दलालको उपस्थिति थियो । उपस्थित सदस्य दलालहरुले प्रस्तावित कारोबार प्रणालिका बारेमा विभिन्न जिज्ञासा राख्नुको साथै सुधारका लागि आफ्ना सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS