IME Life New

पुस २६ गते सिटि होटलले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिटि होटल लिमिटेडले पुस २६ गते नवौँ वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौँमा गर्ने कम्पनीले जनाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.८० को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनी समूह तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालनहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Crest

कम्पनीले साधारण सभा प्रयोजनार्थ पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। त्यसकारण पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS